सुधन गुरुङमाथि छानबिन चाँडै हुन्छ: रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १६, २०८३
|
|
९९ पटक हेरिएको
Shares
सुधन गुरुङमाथि छानबिन चाँडै हुन्छ: रवि लामिछाने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन गर्ने बताएका छन्।
  • बुधबार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले छानबिन प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिएका हुन्।
  • गुरुङले नै आफूमाथि छानबिनको माग गरेको उनले बताए।

 

१६ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन गर्ने बताएका छन्। बुधबार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले छानबिन प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिएका हुन्। गुरुङले नै आफूमाथि छानबिनको माग गरेको उनले बताए।

उनकाअनुसार कुन प्रक्रियाबाट छानबिन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन।  उनले भने, ‘छानबिनको प्रक्रिया चाँडै शुरु हुन्छ, त्यो कस्तो प्रकारको हुन्छ भन्ने तपाईंहरुले जानकारी पाइहाल्नु हुन्छ, उहाँले अहिले नैतिकता देखाएर, म माथि प्रश्न उठेको हुनाले छानबिन गरियोस् नै भन्नुभएको छ। उहाँमाथि छानबिन हुन्छ, कुन प्रक्रियाबाट छानबिन गर्ने भन्ने छ, चाँडै छानबिन हुन्छ।’  विवादित व्यवसायी दीपक भट्टसँग अनुचित कारोबार गरेको आरोप लागेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?