काठमाडाैंको तीनपिप्लेमा बस दुर्घटना हुँदा आठ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
१३ पटक हेरिएको
Shares
काठमाडाैंको तीनपिप्लेमा बस दुर्घटना हुँदा आठ जना घाइते

सारांश

  •   काठमाडाैंको तारकेश्वर नगरपालिका-३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक आज माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अलिराज बोहराका अनुसार आज दिउँसो काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएका यात्री बोकेको बा१ज ८६८५ नम्बरको माइक्रोबस तारकेश्वर-३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।
  • दुर्घटनामा काभ्रे बनेपा नगरपालिका–१० की ३८ वर्षीया सुनिता खड्का, ३८ वर्षीया शारदा रावत, ३७ वर्षीया अनिता थापा, ६० वर्षीया कान्छी खड्का, ४५ वर्षीया रामशोभा थापा, ४५ वर्षीया शान्ता खत्री, ७० वर्षीया पार्वती काफ्ले र ३७ वर्षीया लक्ष्मी खड्का घाइते भएका प्रहरी उपरीक्षक बोहराले जानकारी दिए ।

२३ जेठ, काठमाडौं । 

काठमाडाैंको तारकेश्वर नगरपालिका-३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक आज माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अलिराज बोहराका अनुसार आज दिउँसो काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएका यात्री बोकेको बा१ज ८६८५ नम्बरको माइक्रोबस तारकेश्वर-३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।

दुर्घटनामा काभ्रे बनेपा नगरपालिका–१० की ३८ वर्षीया सुनिता खड्का, ३८ वर्षीया शारदा रावत, ३७ वर्षीया अनिता थापा, ६० वर्षीया कान्छी खड्का, ४५ वर्षीया रामशोभा थापा, ४५ वर्षीया शान्ता खत्री, ७० वर्षीया पार्वती काफ्ले र ३७ वर्षीया लक्ष्मी खड्का घाइते भएका प्रहरी उपरीक्षक बोहराले जानकारी दिए । घाइते सबैको मेगा ग्रिनसिटी अस्पताल जरङ्खुमा उपचार भइरहेको छ । माइक्रोबस सडकबाट १० मिटर तल खसेको थियो । उक्त घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रवक्ता बोहराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?