१८ असोजमा कांग्रेस १५औं महाधिवेशन उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १३, २०८३
|
|
२५८ पटक हेरिएको
Shares
१८ असोजमा कांग्रेस १५औं महाधिवेशन उद्घाटन

सारांश

  • नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ।
  • यसअघि असोज १६ गतेदेखि हुने तय थियो।
  • २ दिन ढिलो गरी सुरु हुने महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि असोज १६ गतेदेखि हुने तय थियो। २ दिन ढिलो गरी सुरु हुने महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे जानकारी दिएका हुन्।

‘नेपाली कांग्रेस १५ औं महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन् ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै बीचमा देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ । यस परिस्थितिलाई मध्येनजर गरी १५ औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ः०० बजे खुलामञ्चमा हुने जानकारी गराइन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?