प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
  • उनीहरुबीच आज दिउँसो सिंहदरबारमा भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
  • स्रोतका अनुसार प्रचण्डको बोलावटमा ओली उनलाई भेट्न गएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज दिउँसो सिंहदरबारमा भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । स्रोतका अनुसार प्रचण्डको बोलावटमा ओली उनलाई भेट्न गएका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आसन्न नेपाल भ्रमणको सन्दर्भमा उनले ओलीसँग भेटघाट गर्न चाहेको बुझिएको छ । गुटेरसले नेपाल भ्रमणका क्रममा प्रतिपक्षी दलका नेता ओलीलाई पनि भेट्नेछन् । उक्त भेटमा नेपालको शान्ति प्रक्रियाका विषयमा चासो राख्न सक्ने भएकाले सबैको एउटै भ्वाइस होस् भन्ने हिसाबले प्रचण्डले छलफल गर्न खोजेको स्रोतले बतायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?