नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १७, २०८२
|
|
४१ पटक हेरिएको
Shares
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ

सारांश

  • नक्कली प्रहरी बनेर शरीर बन्धक बनाई डाँका गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।
  • विराटनगर महानगरपालिका–१३ रानीस्थित राइस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई बन्धक बनाएर उनीहरुले डाँका गरेको आरोप छ ।

१७ असार, काठमाडौं ।

नक्कली प्रहरी बनेर शरीर बन्धक बनाई डाँका गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् । विराटनगर महानगरपालिका–१३ रानीस्थित राइस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई बन्धक बनाएर उनीहरुले डाँका गरेको आरोप छ । स्कुटरमा सवार उनीहरूले ती व्यक्तिलाई रोक्दै ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेका थिए ।

त्यसपछि स्कुटरको बीचमा ती व्यक्तिलाई जबरजस्ती राखी विराटनगर महानगरपालिका–१४ जतुवास्थित एकान्त स्थलमा पुर्‍याई डर त्रास देखाई उनको साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ डाँका गरेको आरोप छ । गत बुधबार बिहान डाँका गरिएको थियो । यसबारे पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर शरीर बन्धक बनाएर डाँका गरेको कसुर मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
माओवादी सांसदले रोष्ट्रमबाटै च्याते गण्डकीको बजेट किताब
माओवादी सांसदले रोष्ट्रमबाटै च्याते गण्डकीको बजेट किताब
दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अँगालो
दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अँगालो
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
धोनी आईसीसीको यस्तो सूचीमा, भने- गर्वको क्षण
धोनी आईसीसीको यस्तो सूचीमा, भने- गर्वको क्षण
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै