गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा

सारांश

  • गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको छ ।
  • अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो ।
  • रविका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको थियो ।

४ असार, काठमाडौं। गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको छ ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो । रविका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको थियो । यससँगै मुद्दा सुनुवाइ नै नभई स्थगित भएको छ । रिटमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग गरिएको छ। महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट ’  देखिने गरी पत्र दिएको थियो। उक्त पत्रमा लामिछानेका विरुद्ध कुनै पनि अदालतमा अभियोग नभएको र अनुसन्धान पनि नभएको भनिएको थियो ।

उक्त पत्र संसद् देखि राजनीतिक दलको बैठकमा गृहमन्त्री लामिछानेले पेस गर्दै आफू कुनै पनि ठगीमा संलग्न नभएको जिकिर गरेपछि पत्र विवादमा परेको थियो । उक्त पत्रलाई पनि बदर गर्नुपर्ने र लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पूरक जाहेरी परेको र अन्य अदालतमा पनि अभियोग पत्रमा नाम उल्लेख भएको दाबी गर्दै निलम्बनमा माग गरिएको थियो ।यसअघि रिटमा एकल इजलासले कास्कीको जाहेरी माग गरेको थियो भने संयुक्त इजलासले  जेठ २८ गते रुपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्र मगाएको थियो ।

बहसका क्रममा निवेदकहरूले उनी विरुद्धका सबै विवरण मगाउनुपर्ने भनी कुरा उठाएका थिए । इजलासले निवेदकका कानुन व्यवसायी र सरकारी वकिलको कुरा सुनेपछि रुपन्देहीको अभियोग पत्र माग गरेको थियो । आज हुने सुनुवाइले अन्तरिम आदेश बारे निर्णय गर्ने भनिए पनि पेसी फेरि नयाँ तोकिने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकार आक्रामक, अटेर गर्ने कर्मचारी राजीनामा दिन थाले
प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकार आक्रामक, अटेर गर्ने कर्मचारी राजीनामा दिन थाले
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ
गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ
कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
श्रीलंकाविरुद्ध नेपालको सानदार जित
श्रीलंकाविरुद्ध नेपालको सानदार जित