आईपीएल एलिमिनेटरमा हैदराबाद र राजस्थान भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
११७६ पटक हेरिएको
Shares
आईपीएल एलिमिनेटरमा हैदराबाद र राजस्थान भिड्दै

सारांश

  •   न्यु चन्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।
  • सनराइजर्स हैदराबाद तेस्रो र राजस्थान रोयल्स चौथो स्थानमा रहेर एलिमिनेटर खेल्न लागेका हुन्।
  • यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा आज बुधबार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै छन्।  न्यु चन्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। सनराइजर्स हैदराबाद तेस्रो र राजस्थान रोयल्स चौथो स्थानमा रहेर एलिमिनेटर खेल्न लागेका हुन्। यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित हुने टोली प्रतियोगिताबाटै बाहिरिनेछ।

विजेता टोलीले दोस्रो क्वालिफायर खेलमा गुजरात टाइटन्ससँग खेल्नेछ। गुजरात पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ९२ रनले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्ने भएको हो। अंक तालिकाका शीर्ष दुई टोलीसँग समान १८ अंक भए पनि नेटरनरेटमा पछि पर्दै सनराइजर्स हैदराबाद तेस्रो स्थानमा रह्यो। १६ अंक भएको राजस्थान रोयल्स चौथो स्थानमा छ।  १४ खेलबाट हैदराबादले ९ खेलमा जित र ५ खेलमा हार भोग्दै १८ अंक बनाएको छ। समान खेलबाट ८ खेलमा जित र ६ खेलमा हार भोग्दै राजस्थान १६ अंकमा चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो।

हैदराबाद र राजस्थानको पछिल्ला पाँच खेललाई हेर्ने हो भने हैदराबाद हाबी देखिएको छ। पछिल्ला पाँच भेटमै जित हासिल गरेको सनराइजर्सले आईपीएलको जारी सिजन पहिलो भेटमा ५७ रनको जित निकालेको थियो। दोस्रो खेलमा ५ विकेटले हराएको थियो।  सनराइजर्स एलिमिनेटर खेलमा पनि सोही लयलाई कायम राख्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गर्न चाहन्छ। हैदराबाद पनि पछिल्ला खेलका नतिजालाई बिर्संदै मैदानमा उच्च प्रर्दशन गर्ने योजनामा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरमा कर्मचारीको तलब रोकिएपछि मन्त्रालयको हस्तक्षेप
काठमाडौं महानगरमा कर्मचारीको तलब रोकिएपछि मन्त्रालयको हस्तक्षेप
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो
धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
मधेश सरकार : तीन दलबीच १५ बुँदे सहमति, चार मन्त्रीको शपथको तयारी
मधेश सरकार : तीन दलबीच १५ बुँदे सहमति, चार मन्त्रीको शपथको तयारी
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
प्रतिनिधि सभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध, तर बैठक जारी
प्रतिनिधि सभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध, तर बैठक जारी
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो