लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा भनाभन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा भनाभन

सारांश

  • प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ ।
  • सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको बैठकमा बोल्न समय माग्दा सभापतिले रोकेकाले भनाभन भएको माओवादी सांसद मोदीले बताए ।
  • ‘संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने ।

 

८ जेठ, काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको बैठकमा बोल्न समय माग्दा सभापतिले रोकेकाले भनाभन भएको माओवादी सांसद मोदीले बताए ।

‘संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्छ भन्दा सभापतिले पेल्न खोजेको उनको भनाइ छ । सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर धारणा राख्ने गरेको आरोप लगाएका थिए । सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको र खिच्नका लागि छुट्टै व्यक्ति ल्याएको समेत आरोप लगाएका थिए ।

यस्तै, सभापतिले हरेक पटकको बैठकलाई अमर्यादित बनाउने काम गरेको भन्दैे आलोचना गरेपछि मोदीले आफूलाई समितिका सभापतिले नभई आफ्नो पार्टीले पठाएको जवाफ दिएका थिए । भनाभनको क्रममा पोखरेलले मोदीलाई पटक–पटक युट्युवर ल्याएर स्टन्ड गरेको बताएका थिए । यसैबीच सार्वजनिक लेखा समितिले उजुरी छानविन गर्न विभिन्न समयमा गठन गरेका उपसमितिहरूको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । समितिमा परेका उजुरीमध्ये ४८ वटा उजुरीहरू छानबिनका लागि समितिले यसअघि नै उपसमिति बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?