Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सेयर बजारका सबै सूचक घटे, बैंकिङमा उच्च गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
९६ पटक हेरिएको
Shares
सेयर बजारका सबै सूचक घटे, बैंकिङमा उच्च गिरावट

सारांश

  • मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् ।
  • नेप्से परिसूचक ३५.
  • ७३ अंक (१.

२० जेठ, काठमाडौं ।

मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो । ३४ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो । आज सबै सेक्टरका सूचक घटेका छन् ।

बैंकिङ सबैभन्दा धेरै २.३४ प्रतिशत घट्यो । विगत दुई साता बजार बढ्दा यहीं सेक्टर उच्च दरले बढेको थियो । राजनीतिक अन्योलताका बीच नाफा बुक गर्ने कारोबारी हाबी हुँदा आज बजार प्रभावित बन्यो । त्यस्तै विकास बैंक १.१४, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, लगानी १.२९, जीवन बीमा ०.७४, उत्पादन ०.०१, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा ०.६८, अन्य ०.९८ तथा व्यापार समूह १.३७ प्रतिशत घटे ।

दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ५.५८, नारायणी डेभलपमेन्ट बैंकको ३.० प्रतिशत मूल्य बढ्यो । सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशत घट्यो । बाराही हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंकको मूल्य पनि करिब ४ प्रतिशत घट्यो । रकमका आधारमा आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, ओम मेगाश्री फर्मास्युटिकल्स र बुटवल पावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध
पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध
प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे
प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन
दोस्रो खेलमा पनि अमेरिकाविरुद्ध नेपालको शानदार जित
दोस्रो खेलमा पनि अमेरिकाविरुद्ध नेपालको शानदार जित
फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै
वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी