नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
२८ पटक हेरिएको
Shares
नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ

सारांश

  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका-७ फुटुङबाट उनीहरूलाई पक्राउ गरेको हो ।
  • प्रहरीले नक्कली कागजात बनाउने गोरखाको भीमसेन गाउँपालिका-१ मसेलकी ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका-२ छ्याङ्ढुङका २३ वर्षीया अञ्जु खत्रीलाई किर्ते कागजातसहित पक्राउ गरेको हो ।
  • निजहरूलाई आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

 १ जेठः काठमाडौँ, 

सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका-७ फुटुङबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले नक्कली कागजात बनाउने गोरखाको भीमसेन गाउँपालिका-१ मसेलकी ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका-२ छ्याङ्ढुङका २३ वर्षीया अञ्जु खत्रीलाई किर्ते कागजातसहित पक्राउ गरेको हो । निजहरूलाई आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकी बयलकोटीले आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारीचालक अनुमतिपत्रलगायत कागजात किर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।

निजले फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात डिजाइन गर्न दुई जना सहयोगीलाई मासिक रु १० देखि रु १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेकी पाइएको प्रहरीले जनाएको छ । बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइदिने गरेको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूले विद्यार्थी भिसामा जापान जानेहरूका लागि सहकारी संस्थाका ‘स्टेटमेन्ट’समेत बनाएर कुरियरमार्फत पठाउने गरेका पाइएको छ । उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका ‘होलोग्राम’हरू आवश्यकताअनुसार उपलब्ध गराउने, जापानलगयत विभिन्न देशमा कामदार भिसामा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभवपत्र बनाइदिने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूका साथबाट नक्कली जग्गाधनी प्रमाणपुर्जा, विभिन्न तहका शैक्षिक प्रमाणपत्र, बैंक तथा सहकारीका लेटरप्याड, छाप, कम्प्युटर, प्रिन्टरलगातय सामग्री बरामत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै
नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै
संविधान विरोधी गतिविधि स्वीकार्य हुदैन : गृहमन्त्री लेखक
संविधान विरोधी गतिविधि स्वीकार्य हुदैन : गृहमन्त्री लेखक
मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?
मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
चन्द्रागिरिबाट तीन केजी गाँजासहित एक जना पक्राउ
चन्द्रागिरिबाट तीन केजी गाँजासहित एक जना पक्राउ
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने