उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी

सारांश

  • नेकपा एकीकृत समाजवादीले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन खोजे त्यसको विरोध गर्ने बताएको छ ।
  • एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर औपचारिक रुपमा प्रस्ताव अगाडि बढेपछि औपचारिक रुपमा प्रतिक्रिया दिने बताउँछन् ।
  • ‘उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं,’ सांसद कुँवरले  भने ।

३ भदौ, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन खोजे त्यसको विरोध गर्ने बताएको छ । एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर औपचारिक रुपमा प्रस्ताव अगाडि बढेपछि औपचारिक रुपमा प्रतिक्रिया दिने बताउँछन् । ‘उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं,’ सांसद कुँवरले  भने । प्रतिनिधिसभामा एकीकृत समाजवादी प्रतिपक्षी बेन्चमा छ । यो दलका १० जना सांसद रहेका छन् । कांग्रेस र एमालेले भने उपसभामुखलाई हटाउन हस्ताक्षर संकलन नै सुरु गरिसकेका छन् ।

प्रतिनिधि सभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ । यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधिसभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ । २७५ सदस्यीय सभामा एक चौथाई भनेको ६९ जना सांसद हो । तर, पदबाट हटाउनका लागि भने सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित हुनुपर्छ ।

हाल प्रतिनिधिसभामा २७४ जना बहाल रहेका छन् । रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ । यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ (१८२.६६) अर्थात, १८३ जना सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ । सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४ जना सांसद छन । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।

प्रतिनिधिसभामा नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् । जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको १, आजपाको १ र स्वतन्त्र २ जना रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिदाको समयमा शिक्षक तालिम दिने निर्णय फिर्ता
बिदाको समयमा शिक्षक तालिम दिने निर्णय फिर्ता
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक
माओवादीको जागरण अभियान वैशाख १७ गते समापन हुने
माओवादीको जागरण अभियान वैशाख १७ गते समापन हुने
शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो
शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै
सभामुखले बोलाए अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक
सभामुखले बोलाए अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक
सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन
सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन