जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
३८ पटक हेरिएको
Shares
जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

सारांश

  • सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ ।
  • घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको हो ।
  • जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

४ पुस, काठमाडौं ।

सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ । घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको हो । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने प्रावधान कार्यविधिमा उल्लेख छ ।

कार्यविधिअनुसार मध्यम घाइतेले मासिक ४ हजार, गम्भीर घाइतेले मासिक ९ हजार र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार दिइने छ । सामान्य घाइतेलाई भने नगद राहतको व्यवस्था छैन । कार्यविधिको उपदफा (१०) बमोजिम यो भत्ता महँगीका आधारमा पुनरावलोकन गर्न सकिने प्रावधान पनि राखिएको छ । जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको सिफारिस गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण २९ मंसिरसम्म तीन जिल्लाका (काठमाडौं, कास्की र चितवन) १८३ जनाको सम्पन्न भएको छ । वर्गीकरण मध्ये कुल १८ जना अति गम्भीर घाइते, ५५ जना गम्भीर, ४० जना मध्यम घाइते र ७० जना सामान्य घाइतेको रूपमा वर्गीकरण भएका छन् ।

काठमाडौंमा कुल १६० घाइतेको वर्गीकरण भएको छ । जसमध्ये १६ जना अति गम्भीर घाइते, ५२ जना गम्भीर घाइते, ३७ जना मध्यम र ५५ जना सामान्य घाइते छन् । यस्तै, कास्की जिल्लामा हालसम्ममा ७ जना घाइतेहरू वर्गीकृत भएका मध्येमा अति गम्भीरमा दुई जना, गम्भीरमा तीन जना र सामान्यमा दुई जना घाइतेहरू वर्गीकरण भएका छन् । यसै गरी, चितवनमा कुल ७ जना घाइतेहरूको वर्गीकरण भएकोमा अति गम्भीर र गम्भीरमा कोही पनि वर्गीकरणमा नपरेको र मध्यम र सामान्यमा क्रमशः ३ र ४ जना वर्गीकृत भएका छन् । ७४ स्वास्थ्य संस्थाबाट स्वास्थ्य मन्त्रालयमा आएको घाइतेहरूको जेनजी आन्दोलनमा २ हजार ५२२ घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
सांसद पत्नी कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी
सांसद पत्नी कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी
रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु
रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु
एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा
एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा
हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ
हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ
मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृ*त्यु
मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृ*त्यु