Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठनका बेला संविधानको समीक्षा गर्ने प्रतिबद्धता, त्यसका सबल पक्षलाई सुदृढ गर्दै कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्च्याउने प्राथमिकताको स्मरण गर्दै उहाँले संविधान संशोधनको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
  • सरकारका नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दलहरुबीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने प्रयास जारी रहने पनि स्पष्ट गर्नुभयो ।

२८ वैशाख, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठनका बेला संविधानको समीक्षा गर्ने प्रतिबद्धता, त्यसका सबल पक्षलाई सुदृढ गर्दै कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्च्याउने प्राथमिकताको स्मरण गर्दै उहाँले संविधान संशोधनको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सरकारका नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दलहरुबीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने प्रयास जारी रहने पनि स्पष्ट गर्नुभयो ।

“संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिबद्धता छ । यसविरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता व्यक्त गरिएको छ”, प्रधानमन्त्रीले भन्नुुभयो, “म विश्वास गर्छु । जनताको बलिदान खेर जान नदिने, प्राप्त उपलब्धिको रक्षा एवं प्रवद्र्धन गर्ने प्रस्तुत नीतिमा यस सम्मानित सदन एक हुनेछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
 मोरङको मौलिबारीमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला
 मोरङको मौलिबारीमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द
पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगरपालिका
१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगरपालिका
बजेटमा कमला पुललाई समेट्न सिरहाबासीको माग
बजेटमा कमला पुललाई समेट्न सिरहाबासीको माग