रामेछापमा ७२ वर्षीया महिलाको ह*त्या गरी फरार रहेका आरोपी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
२६ पटक हेरिएको
Shares
रामेछापमा ७२ वर्षीया महिलाको ह*त्या गरी फरार रहेका आरोपी पक्राउ

सारांश

  • रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलस्थित ७२ वर्षीया भिमालक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भागेका आरोपीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
  • गतराति करिब साढे १० बजे स्थानीय युवक २६ वर्षीय दिलीप खड्काले वृद्धा खड्कामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको थियो ।
  • घटना भएको करिब दुई घण्टापछि, राति साढे १२ बजेतिर मात्रै प्रहरीलाई जानकारी पुगेपछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटनास्थलतर्फ गएको थियो ।

२ मंसिर, रामेछाप ।

रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलस्थित ७२ वर्षीया भिमालक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भागेका आरोपीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । गतराति करिब साढे १० बजे स्थानीय युवक २६ वर्षीय दिलीप खड्काले वृद्धा खड्कामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको थियो ।

घटना भएको करिब दुई घण्टापछि, राति साढे १२ बजेतिर मात्रै प्रहरीलाई जानकारी पुगेपछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटनास्थलतर्फ गएको थियो । जिल्ला प्रहरी कार्यालयबाट थप टोली बिहानै घटना स्थल पुगेर मुचुल्का संकलन गरेको थियो । मृतक भिमा लक्ष्मी खड्का एक्लै बस्दै आउनुभएको परिवारजनले बताएका छन् । हत्या गरेर फरार रहेका दिलिप विगतमा अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका व्यक्ति भएको प्रहरीले जनाएको थियो । स्थानीयका अनुसार घटना भएको करिब एक घण्टापछि दिलिप रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडिरहेका देखिएपछि उनीहरूबाटै प्रहरीलाई खबर गरिएको हो ।

रातिको समय, दुरी तथा भौगोलिक जटिलताका कारण घटनास्थलमा प्रहरी पुग्न केही ढिलाइ भएको थियो । यसबीच, फरार अभियुक्तलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी नायवउपरीक्षक भोला भट्टले पुष्टि गरे । उनका अनुसार फरार दिलीप खड्कालाई दोखाको मेलुङट क्षेत्रबाट पक्राउ गरिएको हो । मृतक खड्काको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको प्रहरी भट्टले जानकारी दिए । पक्राउ परेका अभियुक्तमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
जेनजीमाथि धोका भएको भन्दै माइतीघर पुगेका डा. निकोलस भुसाल पक्राउ
जेनजीमाथि धोका भएको भन्दै माइतीघर पुगेका डा. निकोलस भुसाल पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए
डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा
डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
नाउपाका संरक्षक रेशम चौधरी रिहा
नाउपाका संरक्षक रेशम चौधरी रिहा
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति