देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध!
देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध!

भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
४७ पटक हेरिएको
Shares
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए

सारांश

  • भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा वीरमान लामा छन् ।
  • उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।

 

९ फागुन, काठमाडौं । भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरमान लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।

उनीसहितको चार जनाको समूहले ट्याक्सी चालक मेघबहादुर तामाङको हत्या गरेका थिए । घटना २०६६ मंसिर २४ गतेको हो । राति सवा १२ बजेतिर ठमेलबाट ट्याक्सी बुक गरेर चार जनाको समूह भक्तपुर पुगेको थियो । भक्तपुर र काठमाडौंको सीमा क्षेत्र नरफाँट पुगेपछि ट्याक्सीमा सवार चार युवाहरूले गलबन्धीले घाँटी कसेर ट्याक्सी चालकको हत्या गरेका थिए ।

बाँकी दुई जना भने फरार थिए । हत्यापछि उनीसँग भएको मोबाइल र नगद उक्त समूहले लुटेर लगेको थियो । उनको हत्या भएपछि त्यतिबेला प्रहरीले विनोद लामा र श्याम तामाङलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुई र फरार दुई गरी चार जनालाई प्रतिवादी बनाउँदै भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । भक्तपुर अदालतले चारै जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो ।

यता दुई जना भने फरार नै थिए । फरार मध्ये वीरमानलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयका लागि अदालतमा उपस्थित गराएर कारागार पठाउन लागिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए । पक्राउ परेका व्यक्तिबारे आवश्यक कानुनी प्रक्रिया अधि बढाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्ने कथा को प्रकाश ले पाए नागरिकता
हेर्ने कथा को प्रकाश ले पाए नागरिकता
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार
अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार
लुम्बिनी सरकारले शुरू गर्‍यो सशस्त्र द्वन्दका घाइते र अपाङ्गता भएकाहरूको उपचार
लुम्बिनी सरकारले शुरू गर्‍यो सशस्त्र द्वन्दका घाइते र अपाङ्गता भएकाहरूको उपचार
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
रवि–छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा
रवि–छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स
खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्