ललितपुरको खर्च ६८ प्रतिशत मात्र
सारांश
- ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ६८.
- १४ प्रतिशत मात्र खर्च गरेको छ।
- शनिबार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनेले कुल ६८.
२८ असार, काठमाडौं ।
ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ६८.१४ प्रतिशत मात्र खर्च गरेको छ। शनिबार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनेले कुल ६८.१४ प्रतिशत खर्च गर्दा पुँजीगत खर्च भने ६०.६२ प्रतिशत गरेको बताए। मेयर महर्जनकाअनुसार चालु आर्थिक वर्षमा महानगरपालिकाले चालु खर्च भने ८५.३२ प्रतिशत गरेको छ।
यस्तै महानगरको चालु आवमा राजश्व संकलन ७५ प्रतिशत र बेरुजु ०.५२ प्रतिशत रहेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार, प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार र सामाजिक सुरक्षा र सशर्त अनुदानतर्फ १ अर्ब ६३ करोड ६१ लाख विनियोजन गरेको छ ।



प्रतिक्रिया