राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
६९ पटक हेरिएको
Shares
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने

सारांश

  • आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
  • पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार पीडितको सहयोगका लागि संसदीय दलले सहयोग गर्ने र सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको उनले बताए।
  • साथै केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गरेको छ।

 

१३ असोज , काठमाडौं–नेपाली कांग्रेसले पचास लाख सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार पीडितको सहयोगका लागि संसदीय दलले सहयोग गर्ने र सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको उनले बताए। साथै केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गरेको छ। बेपत्ताको खोजीलाई तीव्र गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग माग गरेको हो।

बैठक पछि जानकारी दिँदै महतले पार्टीको संरचना तथा भातृ शुभेच्छुक संस्थालाई पनि नागरिकलाई सहयोग गर्न अपिल गर्ने निर्णय भएको जानकारी दिए।  ‘कयौँ ठाउँको सडक छैन‚ पुल भत्किएको छ आवतजावत गर्ने कुरा अवरुद्ध भएको अवस्थामा पुल सडकलाई चाँडो भन्दा चाँडो निर्माण गर्नुपर्ने छ। बेलब्रिज उपलब्ध गराउने र चाडबाडको अवसरमा आम नेपाली आफ्नो घरमा जान सिक्ने बनाउन सरकारलाई अनुरोध गरेका छौँ‚’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?