कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
३० पटक हेरिएको
Shares
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल

सारांश

  • सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल गरेका छन् ।
  • बुधबार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा उनले छलफल गरेका हुन् ।
  • छलफल कार्यक्रममा मन्त्री खरेलले कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुन नहुने बताए ।

२० कात्तिक, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल गरेका छन् । बुधबार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा उनले छलफल गरेका हुन् । छलफल कार्यक्रममा मन्त्री खरेलले कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुन नहुने बताए ।

कतैबाट दबाव र अभाव भइरहेको छ भने त्यो तत्काल अन्त्य हुनुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको धारणा राखे । ‘कलाकारिता जस्तो सृजनशिल क्षेत्र भनेको यस्तो हो जहाँ कुनै दबाव र अभाव हुनुहुँदैन् । यदी त्यो कतैबाट भइरहेको छ भने त्यो अन्त्य हुनुपर्छ । जगदिश खरेल यो कुरामा एकदमै प्रतिबद्ध छ ।’ उनले भने,  त्यस्तै, उनले बाँकी पाँच महिनामा चलचित्र क्षेत्रको हितको लागि मन्त्रालय र मन्त्रिपरिषद्बाट पहल गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यो पाँच महिनामा मन्त्रीले पोलिसीको विषयमा कति के गर्नुपर्छ, जसले गर्दा समग्र चलचित्र क्षेत्रको हित हुन्छ । त्यो नीति ल्याउनुहोस् कार्यनीति ल्याउनुहोस् ।

तपाईहरुको कुरा ऐनमा नै व्यवस्था गर्ने मेरो चाहाना छ । देश र जनताको हित र चलचित्र क्षेत्रको हित अर्को यी दुईवटा सर्त छ मेरो यति हुने सहमति गरेर आउनुहोस् म मन्त्रिपरिषद्बाट अगाडि बढाउन तयार छु ।’ त्यस्तै, कार्यक्रममा कलाकार जितु नेपालले नेपालको सेन्सर बोर्डलाई अलि सहज बनाउन माग गरे ।सेन्सर लगाएर विभिन्न दृश्यहरु सिनेमाबाट हटाउनुपर्ने समस्या रहेको बताउँदै उनले विकृति विसंगति विरुद्ध बनाइने सिनेमामा नराम्रा पात्रहरुलाई पनि देखाउनुपर्ने भएकाले सेन्सर लगाएर अनावश्यक दुःख दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘सिनेमा भनेको विकृति विसंगति विरुद्ध बनाइने कुरा हो । त्यहाँ भएका नराम्रा पात्रहरुलाई पनि हामीले देखाउनुपर्ने हुन्छ । त्यसैले यस्तो देखाउनै पाइदैन् भन्ने कुराले धेरै दृष्यहरु काटिने गरेको छ । विदेशीले ल्याएर देखाएको फिल्म चाँही जस्तो भएपनि देखाउँछौं, हेर्छौ पनि अनि हामीले देखाउने कुरामा सेन्सर लगाउने कुरा छ । सिनेमालाई फरक तरिकारले हेर्नुपर्छ जस्तो लाग्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री सिंहले गरे बर्दिवासका ८ अस्पतालमा अनुगमन, ५ वटा बन्द गर्न निर्देशन
मुख्यमन्त्री सिंहले गरे बर्दिवासका ८ अस्पतालमा अनुगमन, ५ वटा बन्द गर्न निर्देशन
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक
अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक
अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता
अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
टिपरमा आगलागी हुँदा १९ लाखको क्षति
टिपरमा आगलागी हुँदा १९ लाखको क्षति
प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन् : मुख्यमन्त्री कँडेल
प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन् : मुख्यमन्त्री कँडेल
नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ
नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ
नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजे
नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजे
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल