केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
४० पटक हेरिएको
Shares
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते

सारांश

  • केशरमहलमा कारले ड्युटीमा रहेको ट्राफिक प्रहरीलाई ठक्कर दिएको छ ।
  • कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
  • घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका छन् ।

१६ मंसिर, काठमाडौं ।

केशरमहलमा कारले ड्युटीमा रहेको ट्राफिक प्रहरीलाई ठक्कर दिएको छ । कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका छन् ।

मृतक अन्दाजी ३० वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छै । घाइतेमध्ये ट्राफिकको दुवै खुट्टा र छातीमा चोट लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसपी नरेशराज सुवेदीले बताए । मृतकलाई भने बोल्न नसक्ने अवस्थामा अस्पताल पुर्‍याइएको थियो । घाइते सबैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । ट्राफिकलाई भने त्यहाँबाट रेफर गरेर प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ ।

केशरमहल चोकमा दक्षिण गेटतफृबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा इभी कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएर उक्त कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने
सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने
अहिले पनि कम्युनिष्ट एकताको झण्डा बोकिरहेकै छु : प्रचण्ड
अहिले पनि कम्युनिष्ट एकताको झण्डा बोकिरहेकै छु : प्रचण्ड
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
समानुपातिकको सूचीलाई अन्तिम रूप दिन रास्वपा केन्द्रीय समिति जारी
समानुपातिकको सूचीलाई अन्तिम रूप दिन रास्वपा केन्द्रीय समिति जारी
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
सुनकोशीमा खसेको कारभित्र ४ यात्रु रहेको खुल्यो
सुनकोशीमा खसेको कारभित्र ४ यात्रु रहेको खुल्यो
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते
बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध
बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध