घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
३० पटक हेरिएको
Shares
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो

सारांश

  • घुसकाण्डमा जोडिएर राजीनामा दिएका  निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएको छ ।
  •   ७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले राजीनामा दिएका थिए ।
  • अख्तियारले गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि मंगलबार हाजिर हुन भनेको हो ।

५ साउन, काठमाडौं ।

घुसकाण्डमा जोडिएर राजीनामा दिएका  निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएको छ ।  ७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले राजीनामा दिएका थिए । अख्तियारले गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि मंगलबार हाजिर हुन भनेको हो ।

घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो । अख्तियारका एक सदस्यले गुप्ता मंगलबार हाजिर भएर भ्वाइस टेस्ट गर्न आउने बताएका छन् । गुप्ता एमाले केन्द्रीय सदस्यसमेत हुन् र उनी जारी केन्द्रीय कमिटी बैठकमा पनि सहभागी छन् । भूमिसुधार तथा मालपोत कार्यालय पोखराका प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि ७८ लाख घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि गुप्ताले पद गुमाएका थिए ।

तर गुप्ताले घुस लेनदेन नगरेको जिकिर गर्दै आएका छन्। अडियो पनि आफ्नो नभएको जिकिर उनले गरिरहँदा अख्तियारले झिकाएको हो । उनले घुस बार्गेनिङ गरेपछि पैसाको झोला नै सरकारी निवासमा छाडेर गएको स्वीकारेका थिए । यसबारे उजुरी परेपछि अख्तियारले छानविन अघि बढाएको हो । पूर्वमन्त्री गुप्ताले घुस डिल गरेकोबारे अडियोसहित उजुरी परेकाले भ्वाइस टेस्ट गरेर अनुसन्धान अघि बढाउने तयारी अख्तियारले गरेको छ । अख्तियारको प्रारम्भिक  अनुसन्धान अडियो गुप्ताकै भएको खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाको सचिवालय बैठक बस्दै
सर्लाहीमा ठक्कर दिएका टिपर जलाए, गुम्यो एउटा युवकको ज्यान,
सर्लाहीमा ठक्कर दिएका टिपर जलाए, गुम्यो एउटा युवकको ज्यान,
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी
बाढीपीडितलाई केडिया परिवारको एक करोड सहयोग
बाढीपीडितलाई केडिया परिवारको एक करोड सहयोग
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
गोरुले कुल्चिएर एक महिलाको मृत्यु
गोरुले कुल्चिएर एक महिलाको मृत्यु