Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गोरुले कुल्चिएर एक महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २६, २०८१
|
|
३६ पटक हेरिएको
Shares
गोरुले कुल्चिएर एक महिलाको मृत्यु

सारांश

  • गुल्मीको रेसुंगा नगरपालिका वडा नं ४  घर भई बुटवलमा बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेकाे गाेरुले कुल्चिएर ज्यान गएकाे प्रहरीले जनाएको छ।
  •  बुटवल उपमहानगरपालिका वडा नं ३ गाेलपार्कमा चिया तथा खाजा पसल सञ्चालन गर्दै आएकी पाण्डेलाई गोरुले कुल्चिएको थियो।
  • इलाका प्रहरी कार्यालय बुटवलका अनुसार यही साउन २० गते साँझ गाेलपार्कस्थित सडकमा पैदल हिँडिरहेकी पाण्डेलाई गाेरुले कुल्चिएर गम्भीर घाइते बनाएको थियो।

२६ साउन, बुटवलकाे गाेलपार्कमा गाेरुले कुल्चिएर एक महिलाको ज्यान गएकाे छ। गुल्मीको रेसुंगा नगरपालिका वडा नं ४  घर भई बुटवलमा बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेकाे गाेरुले कुल्चिएर ज्यान गएकाे प्रहरीले जनाएको छ। बुटवल उपमहानगरपालिका वडा नं ३ गाेलपार्कमा चिया तथा खाजा पसल सञ्चालन गर्दै आएकी पाण्डेलाई गोरुले कुल्चिएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार यही साउन २० गते साँझ गाेलपार्कस्थित सडकमा पैदल हिँडिरहेकी पाण्डेलाई गाेरुले कुल्चिएर गम्भीर घाइते बनाएको थियो। सडकमा पैदल हिँड्नु भएकाे रहेछ त्यही बेला दुई वटा साँढे जुध्दै आएका रहेछन्, जुधेकाे साँढेमध्ये एउटा भागेर जाने क्रममा उहाँलाई कुल्चेर घाइते बनाएकाे रहेछ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले भने।गाेरुले कुल्चिएर गम्भीर घाइते भएकी पाण्डेलाई स्थानीयले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए। घाइते पाण्डेको उपचारका क्रममा शुक्रबार मृत्यु भएकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट
योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
पाँच वटा संसदीय समितिको बैठक बस्दै 
पाँच वटा संसदीय समितिको बैठक बस्दै 
भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी
भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
डीआईजी बढुवा सिफारिसमा छुटेपछि एसएसपी विश्व अधिकारी असन्तुष्ट
डीआईजी बढुवा सिफारिसमा छुटेपछि एसएसपी विश्व अधिकारी असन्तुष्ट
मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं