सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

डीआईजी बढुवा सिफारिसमा छुटेपछि एसएसपी विश्व अधिकारी असन्तुष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १२, २०८२
|
|
५४ पटक हेरिएको
Shares
डीआईजी बढुवा सिफारिसमा छुटेपछि एसएसपी विश्व अधिकारी असन्तुष्ट

सारांश

  • जेनजी आन्दोलनमा जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका एसएसपी विश्व अधिकारीले बढुवामा छुटेको असन्तुष्टिका कारण राजीनामा दिने हल्ला चलेसगैँ उनी कार्यालयको सम्पर्कमै छैनन् ।
  • एसएसपी अधिकारी कात्तिक ९ गते पाँच एसएसपीलाई डीआईजी बढुवाका निम्ति भएको सिफारिसमा छुटेका थिए ।
  • उनी २०८० वैशाख २४ मा भएको एसएसपी बढुवामा अधिकारी पहिलो नम्बरमा थिए ।

 

काठमाडौ ।
जेनजी आन्दोलनमा जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका एसएसपी विश्व अधिकारीले बढुवामा छुटेको असन्तुष्टिका कारण राजीनामा दिने हल्ला चलेसगैँ उनी कार्यालयको सम्पर्कमै छैनन् ।
एसएसपी अधिकारी कात्तिक ९ गते पाँच एसएसपीलाई डीआईजी बढुवाका निम्ति भएको सिफारिसमा छुटेका थिए ।

उनी २०८० वैशाख २४ मा भएको एसएसपी बढुवामा अधिकारी पहिलो नम्बरमा थिए । पहिलो नम्बरलाई छुटाएर २ देखि ६ नम्बरसम्मका एसएसपीलाई डीआईजी सिफारिस गरिएपछि उनी असन्तुष्ट रहँदै आएका छन् ।
अहिले उनी केन्द्रीय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा खटिएका छन् । प्रतिष्ठानस्रोतका अनुसार न उनले बिदा माग गरेका छन्, न त कार्यालयमै हाजिर भएका छन् । अहिलेसम्म राजीनामा नआएको र उनी सम्पर्कमा पनि नरहेको सचिवालयस्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ