सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
३४० पटक हेरिएको
Shares
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

सारांश

  • सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।
  • ‘मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको छ ।

१५ वैशाख, काठमाडौं ।

सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो । ‘मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको छ । यहाँ अध्ययन हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले अनलाइनखबरसँग भने । अध्यादेशहरू आजै राष्ट्रपति कार्यालय शितलनिवास पुर्‍याइएको हो । यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए । तर, सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए ।

प्रतिनिधिसभा आह्वान गरेर पनि स्थगित गरेर सरकारले संवैधानिक परिषद्‌मा नियुक्तिका लागि सरकारले अध्यादेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्‌मा ६ जना सदस्य हुने व्यवस्था छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायधीश, विपक्षी दलका नेता रहन्छन् । हिजो सोमबारमात्रै कांग्रेसले प्रतिनिधिसभामा दलको नेता चयन गरेको छ । कांग्रेसले दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित
राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित
९ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम
९ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम
नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने
नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने
राष्ट्रपति पौडेललाई बान्ता र चक्कर
राष्ट्रपति पौडेललाई बान्ता र चक्कर
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना