पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी

सारांश

  • पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएको छ ।
  • नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका तर्फबाट आइतबार (असोज २६) ब्युरोमा उजुरी दिइएको हो ।
  • केही दिनअघि सुवेदीले एक भिडियो अन्तर्वार्तामा प्रचण्डका विषयमा बोलेका थिए ।

२७ असोज, काठमाडौं ।

पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएको छ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका तर्फबाट आइतबार (असोज २६) ब्युरोमा उजुरी दिइएको हो । केही दिनअघि सुवेदीले एक भिडियो अन्तर्वार्तामा प्रचण्डका विषयमा बोलेका थिए । उनले भदौ २४ गते खुमलटारस्थित प्रचण्डको घर जलाइनुभन्दा दुई दिनअघि नै त्यहाँबाट ‘दुई ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर लुकाइएको जिकिर गरेका थिए ।

उजुरीमा ‘डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहको माग गरिएको’ प्रचण्डको सचिवालयले जनाएको छ । “यसरी झुट्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ । सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिँदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरिएको छ,” सचिवालयले भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो
एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
क्यानडामाथि नेपालको रोमाञ्चक जित
क्यानडामाथि नेपालको रोमाञ्चक जित
रास्वपा सचिवालयको बैठक बस्दै
रास्वपा सचिवालयको बैठक बस्दै
स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न