रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
२८ पटक हेरिएको
Shares
रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले संगठन सुदृढीकरण, विभागीय सक्रियता, आगामी उपनिर्वाचन तयारीलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ ।
  • विहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक परिवेश र पार्टीका संगठनात्मक गतिविधिबारे विस्तृत छलफल गर्दै भावी रणनीति तय गरेको हो ।
  • संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम र हस्ताक्षर अभियानको समीक्षासँगै आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने तयारी गरिएको बैठकले जनाएको छ ।

१२ भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले संगठन सुदृढीकरण, विभागीय सक्रियता, आगामी उपनिर्वाचन तयारीलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ । विहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक परिवेश र पार्टीका संगठनात्मक गतिविधिबारे विस्तृत छलफल गर्दै भावी रणनीति तय गरेको हो । संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम र हस्ताक्षर अभियानको समीक्षासँगै आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने तयारी गरिएको बैठकले जनाएको छ ।

पार्टीका चार केन्द्रीय विभाग, केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप सक्रिय र प्रभावशाली बनाउने निर्णय बैठकबाट गरिएको छ । प्रदेश, जिल्ला र स्थानीय तहको संरचनालाई सुदृढ बनाउने लक्ष्यसहित वडा, पालिका र जिल्ला अधिवेशन तोकिएको तालिका अनुसार सम्पन्न गर्ने कार्ययोजना तयार पार्ने जिम्मा सम्बन्धित प्रदेश इन्चार्जलाई दिने निर्णय गरिएको छ ।

संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्तावहरू तयार पारेर सचिवालयमा पेश गर्न पनि निर्देशन दिइएको छ । रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचनलाई लिएर बैठकले उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र जनपक्षीय बनाउन प्रयासरत रहेको जनाएको छ । प्रारम्भिक छनोट प्रक्रियामा इमानदारीपूर्वक सहभागी ९ जना उम्मेदवारप्रति कृतज्ञता प्रकट गर्दै सबैलाई सामाजिक सद्भाव कायम राखी सहयोग गर्न आग्रह गरिएको छ ।

साथै, रूपन्देहीका नागरिक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई समर्थन र सहयोगका लागि धन्यवाद दिइएको छ । बैठकले पार्टी सञ्चालनका लागि अत्यन्त महत्वपूर्ण दुई कार्यविधिहरू प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

साथै, कृषि, स्वास्थ्य, उद्योग, वाणिज्य, श्रम, रोजगार तथा सहकारी क्षेत्रका विज्ञहरूलाई सम्बन्धित क्षेत्रमा समस्या विश्लेषण, समाधान खोजी तथा सुझावसहितको प्रतिवेदन तयार गर्ने कार्यमा संलग्न गराउने निर्णय गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
सर्लाहीमा प्रहरीका लागि निःशुल्क स्वास्थ्य शिविर
सर्लाहीमा प्रहरीका लागि निःशुल्क स्वास्थ्य शिविर
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने
नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र