जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
२३ पटक हेरिएको
Shares
जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव

सारांश

  •    गजेन्द्र नारायण सिंह अस्पतालका निर्देशक  डा.
  • प्रकाश प्रसाद साहले पदको दुरुपयोग गर्दै रोजगारीको प्रलोभन दिँदै महिला स्वास्थ्य कर्मचारीलाई यौन प्रस्ताव राख्ने गरेको अडियो सार्वजनिक भएको छ।
  • अस्पतालको निर्देशकको पदको दुरुपयोग गर्दै उनले यौन प्रस्ताव राख्दै त्यस बापत आफूले जागिरको अवसर दिने प्रस्ताव राखेको अडियोमा सुनिन्छ।

२१ कात्तिक, काठमाडौं ।  

गजेन्द्र नारायण सिंह अस्पतालका निर्देशक  डा. प्रकाश प्रसाद साहले पदको दुरुपयोग गर्दै रोजगारीको प्रलोभन दिँदै महिला स्वास्थ्य कर्मचारीलाई यौन प्रस्ताव राख्ने गरेको अडियो सार्वजनिक भएको छ। अस्पतालको निर्देशकको पदको दुरुपयोग गर्दै उनले यौन प्रस्ताव राख्दै त्यस बापत आफूले जागिरको अवसर दिने प्रस्ताव राखेको अडियोमा सुनिन्छ। उनको आठ मिनेट ५१ सेकेन्ड लामो अडियो पाएपछि त्यसमा छेडखानी गरिएको छ या छैन भनेर परीक्षण गरेको थियो। परीक्षणमा अडियोमा कुनै छेडखानी नभएको देखियो।

त्यसमा रहेको पुरुषको संवाद डा साहको हो या हैन भनेर सुरक्षित उनको अडियोसँग मिलाउँदा पुरुषको स्वर उनकै भएको देखियो।  उनले पनि स्वर आफ्नै भएको स्विकारे। अडियोमा उनले भर्खर अस्पतालमा आएकी एक महिला स्वास्थ्यकर्मीलाई रोजगारी र अस्पतालले दिने अवसरको प्रलोभन देखाउँदै मोबाइलमा कल गर्दै आफूसँग शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरिरहेको सुनिन्छ। उमेर नमिले पनि आफूलाई खुब मन परेको भन्दै उनले भनेका छन् “इन्टिमेसी भएपछि धेरै कुरा हुन्छ।” मोबाइलको संवादमा डा. साहले युवतीलाई पहिला बेलुका सन्देश पठाएका थिए। उनले संवादको प्रारम्भमा ‘…रिप्लाई आएन सुती सक्या होला भनेर त्यसैले बिहान कल गरेको हो क्या’ भन्दै कुराकानी अगाडि बढाएका छन्। उनले संवादमा उमेर नमिल्ने भए पनि धेरै सुन्दरी भएकाले मन पराएको भन्दै भनेका छन् ‘आइ लाइक यु, आई लभ यु’ भन्ने जस्ता शब्द प्रयोग गरेका छन्। उनले दुवैको उमेर अनि सोच नमिले पनि मन पराउन पाउनु त अधिकार हो नि भन्दै प्रेमिकासँग निरन्तर संवाद अगाडि बढाएका छन्।

 ‘समितिको जागिर भनेको स्थायी जागिरे जस्तै हो क्या…जस्तै १८ जनाको दरबन्दी हो नि त यहाँ’ भन्दै युवतीलाई प्रलोभनमा पार्दै समितिको जागिरमा राखेपछि ननिकालिने भन्दै डा. साहले अस्पतालमा छिरेपछि समितिको जागिरमा तान्न प्रलोभन दिएको सुनिन्छ। उनले ‘इन्टिमिसि छ भने धेरै कुरा हुन्छ त्यो, आत्म सम्बन्ध छ भने त धेरै कुरा हुन्छ नि…’ भन्दै युवतीलाई निरन्तर प्रस्ताव राखिरहेको सुनिन्छ। डा. साहले फोनमा ती युवतिको नाम लिँदै ‘तिमिलाई चाहिँ मैले पर्सनली भनेको मलाई साहै मन पर्यो हेर नानी है, आइ लाइक सो मच’ भनेको सुनिन्छ। ‘हाम्रो कुरा मिल्छ? सम्बन्ध हुन्छ? रिलेसन बढ्छ हाम्रो? के भन्छौ तिमिले? उनी निरन्तर सोधिरहन्छन्। युवती हाँसेको मात्र सुनिन्छ। त्यसपछि डा. साहले ‘भोली आउँ त्यसो भए हेर्नलाई… कति बेला आउँछौ?’ भन्दै उनलाई आफू फोनको प्रतीक्षामा हुने भन्दै केही बेरमा फोन गर्न भनेको सुनिन्छ। यसबारे डा. साहसँग समेत सो अडिओबारे जिज्ञासा राखेको थियो। उनले स्वर आफ्नै भएको स्विकारे। “मैले अन्तैतिर बोलेको कुराहरू त्यो कतै कतैबाट रेकर्ड गरेका रहिछन्,’उनले दाबी गरे ‘मैले आफ्नै श्रीमतीसँग बोलेको कुरा…रेकर्ड गरेका रहेछन्।”

भइसकेको सरुवा रद्द गरेकी थिइन् मन्त्रीले

जेन–जी आन्दोलनको बलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी डा. सुधा शर्माले मंगलबार मन्त्रालय अन्तर्गतका विभिन्न कर्मचारीको सरुवाको निर्णय गर्दा डा साहको पनि सरुवा भएको थियो। मङ्गलवारको मन्त्रीस्तरिय निर्णयमा गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख रहेका डा. साहको हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सरुवा गर्ने निर्णय भएको थियो। तर, बुधवारै उनको सरुवाको निर्णय सच्चियो। मन्त्रीले अघिल्लो दिन आफैँले गरेको निर्णय सच्याउँदै डा साहलाई पुन सोही अस्पतालको प्रमुखमा यथावत् राख्ने निर्णय गरिन्। उनको सरुवा रोकिएको पत्रमा,‘नेपाल सरकार (मा. मन्त्रीस्तर)को मिति २०८२ कात्तिक १८ को निर्णय अनुसार तपाईँलाई स्वास्थ्य सेवा विभागमा दरबन्दी राखेर किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा कामकाजमा खटाइएकोमा अर्को व्यवस्था नभएसम्म हाल कार्यरत रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा यथावत् कायम गर्नुहुन’ बुधवार मन्त्रिस्तरिय निर्णय भएको उल्लेख छ। मिलेमतोमा भएका खरिदमा संलग्न देखिएका डा. साहलाई निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सरुवा गरेर गजेन्द्र नारायण अस्पताल पठाएका थिए। उनले गत वर्ष अस्पतालको स्वास्थ्य उपकरण खरिदमा निश्चित कम्पनीको सप्लायर्ससँग मिलेमतो गरेका थिए। उकेराले यसबारे प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना
प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
योमनको श*व लन्डनबाट नेपाल पठाउन सहयोग संकलन सुरु
योमनको श*व लन्डनबाट नेपाल पठाउन सहयोग संकलन सुरु
पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली
पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दु*र्घटना : एकको मृ*त्यु, २० जना घा*इते
भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दु*र्घटना : एकको मृ*त्यु, २० जना घा*इते
प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ
प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ