उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड

सारांश

  •   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्रम सडकमा ७५ करोड रुपैयाँ विनियोजन भएको पाइएको छ ।
  • मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार पहुँचमार्गका नाममा विभिन्न १९ परियोजनामा सो बराबरको रकम विनियोजन भएको हो ।
  • यस अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको जिल्ला बैतडीमा मात्रै २१ करोडका ७ योजनामा तीन तीन करोड परेका छन् ।

३ असार, काठमाडौं । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्रम सडकमा ७५ करोड रुपैयाँ विनियोजन भएको पाइएको छ । मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार पहुँचमार्गका नाममा विभिन्न १९ परियोजनामा सो बराबरको रकम विनियोजन भएको हो । यस अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको जिल्ला बैतडीमा मात्रै २१ करोडका ७ योजनामा तीन तीन करोड परेका छन् । बाँकी ११ योजना ३४ करोड ३३ लाखका योजना छन् । विराटनगरको सडक विस्तारमा २० करोड विनियोजन गरिएकाे छ ।

यी रकम उद्योग मन्त्रालयको यो वर्ष भएको कुल पुँजीगत खर्चको करिब आधा हो । यो वर्ष उक्त मन्त्रालयबाट पुँजीगत खर्चमा १ अर्ब ६० करोड विनियोजन भएको छ ।  बैतडीका आयोजनामध्ये ढोल्यामोड बगौरा विजयपुर पहुँच मार्ग, गाजरी कुर्जेनेटा गर्गे सिगास पहुँच मार्ग, धर्मघर बिजयपुर जडीबुटी पहुँच मार्ग, रुद्रेस्वर मठैराज महादेवस्थान पहुँच मार्ग, खोचलेक धर्मघर माल्लेक पुचौंडी पहुँच मार्ग, संकर बुरौजे विजयपुर तल्लादेही पहुँच मार्ग र छेला दुर्गा भवानी नक्कतडिसेरा सिलेट खानी पहुँच मार्ग रहेका छन् । यी मार्गहरू फलाम खानी, सिलेट खानी र जडीबुटी पहुँच मार्ग निर्माणसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयले बैतडी जिल्लामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाको सम्भाव्यता अध्ययनको विषय समेत अगाडि बढाएको छ। सेज स्थापनार्थ वातावरणीय अध्ययन कार्यका लागि छुट्टै १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो मन्त्रालयबाट प्रा झापामा मात्रै २५ करोड ९ लाख ६५ हजार विनियोजन गरिएको छ । यसमध्ये दमक औद्योगिक पार्क निर्माणका लागि २० करोड, सुपारी प्रशोधन केन्द्र स्थापनाका लागि २ करोड,  गौरादह, दमक, गौरागंजका लघु उद्योगीलाई अनुदान दिन ३ करोड रुपैयाँ छुट्टाइएको छ । सेज स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । झापा प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीलाई गाडी भाडामा अनिवार्य ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीलाई गाडी भाडामा अनिवार्य ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
रास्वपालाई प्रचण्डले भने- तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ
रास्वपालाई प्रचण्डले भने- तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
अख्तियार कार्यालयबाटै घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार कार्यालयबाटै घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने
कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम
जनमत-नाउपा एकता वार्ता बर्दियामा जारी
जनमत-नाउपा एकता वार्ता बर्दियामा जारी
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही