Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वासिङटन विमान दुर्घटनामा ४० जनाको शव प्राप्त, कोही जीवित नरहेको आशंका

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
३६ पटक हेरिएको
Shares
वासिङटन विमान दुर्घटनामा ४० जनाको शव प्राप्त, कोही जीवित नरहेको आशंका

सारांश

  • अमेरिकाको वासिङ्टन डिसीको आकासमा सैन्य हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त विमानमा सवार कोही पनि जीवित नरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
  • विमान दुर्घटनामा हालसम्म ४० जनाको शव पोटोम्याक नदीबाट निकालिएको छ ।
  • विमानमा चालक दलका सदस्य सहित ६४ जना यात्रु र हेलिकप्टरमा ३ जना सवार रहेका थिए ।

 

काठमाडौं, माघ १८ । अमेरिकाको वासिङ्टन डिसीको आकासमा सैन्य हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त विमानमा सवार कोही पनि जीवित नरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । विमान दुर्घटनामा हालसम्म ४० जनाको शव पोटोम्याक नदीबाट निकालिएको छ ।विमानमा चालक दलका सदस्य सहित ६४ जना यात्रु र हेलिकप्टरमा ३ जना सवार रहेका थिए । अधिकारीहरुका अनुसार विमान र हेलिकप्टरमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ ।

दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन । विमानको फ्लाइट डाटा रेकर्डर ब्लाक बक्स भर्खरै फेला परेकाले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अनुमान गरिएको छ । नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । बोर्डले एक महिनामा प्रारम्भिक प्रतिवेदन बुझाउनेछ । अत्यधिक चिसोका कारण खोज तथा उद्दारमा समेत कठिनाइ भइरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनामा ज्यान गुमाउनेका परिवारसँग भेट गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?