अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै

सारांश

  • नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने भएको छ ।
  • मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार मन्त्रालय दिने भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी हुन लागेको हो ।
  • यसअघि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेस सरकारमा सहभागी हुन आनाकानी गरेको थियो ।

 

३ साउन, जनकपुरधाम । नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने भएको छ ।

मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार मन्त्रालय दिने भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी हुन लागेको हो । यसअघि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेस सरकारमा सहभागी हुन आनाकानी गरेको थियो । मन्त्रीका लागि रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम मुख्यमन्त्रीलाई पठाएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए । मुख्यमन्त्री सिंहले बिहीबार नै लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

लोसपाका नेताहरुसित यस विषयमा कुराकानी भइरहेको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनमा मधेशमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको थियो । २२ असारमा कांग्रेस र लोसपाले मुख्यमन्त्री सिंहलाई विश्वासको मत समेत दिएका थिए । त्यहीदिन मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?