Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
१७६ पटक हेरिएको
Shares
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

सारांश

  • नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ ।
  • अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको हो ।
  • सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (वैशाख २१ गतेसम्म) सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ ।

 

१५ वैशाख, काठमाडौं ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको हो । सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (वैशाख २१ गतेसम्म) सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ ।

अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्नेछ । साथै, उच्च नैतिक चरित्र, नेपाली नागरिकता तथा सम्बन्धित कानुनअनुसार अयोग्य नभएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ । उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा कुनै विदेशी मुलुकको स्थायी बसोबास अनुमति नलिएको जस्ता मापदण्ड पनि तोकिएको छ ।

आवेदनका क्रममा बायोडाटा, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा पेशागत अनुभव पुष्टि गर्ने कागजात पेश गर्नुपर्नेछ । साथै, मन्त्रालयको वेबसाइटमा उपलब्ध ढाँचाअनुसार स्वघोषणा फारामसमेत अनिवार्य रूपमा बुझाउनुपर्नेछ । अर्थ मन्त्रालयले प्राप्त आवेदनहरूबाट सिफारिस समितिले संक्षिप्त सूची तयार गर्ने र आवश्यक परेमा थप विवरण माग गर्न सक्ने जनाएको छ । झुट्टा विवरण पेश गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ । सरकारले धितोपत्र बजारको नेतृत्व चयन प्रक्रियालाई अघि बढाउन यो सूचना सार्वजनिक गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार मन्त्री खरेलद्वारा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
सञ्चार मन्त्री खरेलद्वारा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
होङशी शिवम् सिमेन्टले ९ महिनामै गर्‍याे १० अर्ब ३१ करोडको व्यापार
होङशी शिवम् सिमेन्टले ९ महिनामै गर्‍याे १० अर्ब ३१ करोडको व्यापार
मलंगवामा इन्जिनियर प्रमोद यादवको गोली प्रहारबाट मृ*त्यु
मलंगवामा इन्जिनियर प्रमोद यादवको गोली प्रहारबाट मृ*त्यु
खराब मौसमका कारण तीन विमानस्थलमा उडान स्थगित
खराब मौसमका कारण तीन विमानस्थलमा उडान स्थगित
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा
भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै
पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै