सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति

सारांश

  • सर्लाहीको कौडेना गाउँपालिकाले सामाजिक सञ्जालमा मिथ्या सूचना प्रवाह गरिएको भन्दै आपत्ति जनाएको छ ।
  • गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी बेरुजुको विषयलाई लिएर केही युवाले सामाजिक सञ्जालको दुरुपयोग गरी जथाभावी ‘स्टाटस्’ लेखेर भ्रमित पार्ने काम गरेको भन्दै आपत्ति जनाएको हो ।
  • कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले सामाजिक सञ्जालमा अनर्गल प्रचार गरी आफूलाई बद्नाम गराउने र गाउँपालिकाका सोझा नागरिकमा भ्रम पैदा गर्ने काम भइरहेको बताउनुभयो ।

७ कार्तिक, सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाले सामाजिक सञ्जालमा मिथ्या सूचना प्रवाह गरिएको भन्दै आपत्ति जनाएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी बेरुजुको विषयलाई लिएर केही युवाले सामाजिक सञ्जालको दुरुपयोग गरी जथाभावी ‘स्टाटस्’ लेखेर भ्रमित पार्ने काम गरेको भन्दै आपत्ति जनाएको हो ।

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले सामाजिक सञ्जालमा अनर्गल प्रचार गरी आफूलाई बद्नाम गराउने र गाउँपालिकाका सोझा नागरिकमा भ्रम पैदा गर्ने काम भइरहेको बताउनुभयो । महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको आर्थिक प्रतिवेदनलाई लिएर गाउँपालिकाविरुद्ध १० जना युवाको समूह अफवाह फैलाउन लागिपरेको उहाँको भनाई छ । गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै तलब, भत्ता, यातायात सुविधालगायत सरकारबाट पालिका अध्यक्षलाई प्रवाह हुने कुनै सेवासुविधा नलिएको आफूलाई बद्नाम गराउन सामाजिक सञ्जालमा जथाभावी ‘स्टाटस्’ लेखेर चरित्र हत्या गर्ने काम भएको अध्यक्ष बब्लुले आपत्ति प्रकट गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो गाउँपालिकामा कुनै पनि किसिमको भ्रष्टाचार नभएको दावी गर्दै गाउँपालिकाको बेरुजु समेत अघिल्लो पटकका जनप्रतिनिधिको तुलनामा आधा भन्दा कम रहेको उल्लेख गर्नुभयो । महालेखा परीक्षकको कार्यालयलेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷८१ मा कौडेना गाउँपालिकाको बेरुजु एक करोड २२ लाख रुपियाँ रहेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत केही विद्यालयमा भवन निर्माणका लागि रकम निकासा भएर गएको तर विभिन्न विवादका कारण भवन बन्न नसकेर सो रकममा समेत बेरुजु आएको उहाँको भनाई छ ।

उहाँले कागजात नपुगेको शिर्षकमा कागजात जुटाउने र असुल गर्नुपर्ने बेरुजु रकम असुलउपरको प्रक्रियामा लगिएकाले जथाभावी प्रचारप्रसार गरेर मानिसलाई भ्रमित पार्ने काम नगर्न आग्रह गर्नुभयो । गाउँपालिकाका लेखा प्रमुख हरिनारायण साहले बेरुजमा देखिएको रकमलाई भ्रष्टाचार भन्न नमिल्ने बताउनुभयो । उहाँले आर्थिक वर्षको अन्तिममा काम भइसकेर पनि भर्पाई आउन बाँकी रहेको, आवश्यक कागजात नपुगेको जस्ता कारणले समेत बेरुजु आउने भएकाले ति सबै बेरुजुमा कडिकडाउ गरेर कागजात सङ्कलन गर्ने र असुलउपर गर्नुपर्ने ठाउँमा नगदै असुल गर्ने काममा लागि परेको जानकारी दिनुभयो ।  कौडेनास्थित कृषि तथा पशुपन्छी विकास भवनमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाकी उपाध्यक्ष नगीना देवी, प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव रायलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो
आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो
प्रहरी निरीक्षक यादव ‘पुलिस अफ द मन्थ’ घोषित
प्रहरी निरीक्षक यादव ‘पुलिस अफ द मन्थ’ घोषित