फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३०, २०८३
|
|
६२ पटक हेरिएको
Shares
फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी 

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को उद्घाटन खेलमा सह–आयोजक क्यानडाले बोस्निया–हर्जेगोभिनासँग १–१ गोलको बराबरी खेल्दै विश्वकप इतिहासमा पहिलो पटक अंक हासिल गरेको छ।
  • टोरन्टोस्थित खचाखच भरिएको रंगशालामा शनिबार बिहान सम्पन्न खेलमा बोस्नियाले पहिलो हाफमा अग्रता बनाए पनि क्यानडाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै हार टार्न सफल भयो।
  • खेलको २१औँ मिनेटमा जोभो लुकिकले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए।

काठमाडौं ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को उद्घाटन खेलमा सह–आयोजक क्यानडाले बोस्निया–हर्जेगोभिनासँग १–१ गोलको बराबरी खेल्दै विश्वकप इतिहासमा पहिलो पटक अंक हासिल गरेको छ। टोरन्टोस्थित खचाखच भरिएको रंगशालामा शनिबार बिहान सम्पन्न खेलमा बोस्नियाले पहिलो हाफमा अग्रता बनाए पनि क्यानडाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै हार टार्न सफल भयो।

खेलको २१औँ मिनेटमा जोभो लुकिकले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए। अन्तर्राष्ट्रिय फुटबलमा उनको यो पहिलो गोल समेत बनेको थियो। पहिलो हाफभरि बोस्नियाले खेलमा पकड जमाएको देखिएको थियो भने क्यानडाले घरेलु समर्थकको साथ पाए पनि अपेक्षित प्रदर्शन गर्न सकेन। दोस्रो हाफमा भने क्यानडा थप आक्रामक रूपमा प्रस्तुत भयो। ५३औँ मिनेटमा रिची लारियाको प्रहारलाई बोस्नियाका डिफेन्डर सियाड कोलासिनाकले गोललाइनबाट क्लियर गर्दै टोलीलाई संकटबाट जोगाए। तर खेलको ७८औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका साइल लारिनले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए।

लारिनको गोलले खेलमा नयाँ ऊर्जा थप्नुका साथै उनलाई घरेलु मैदानमा क्यानडाका लागि विश्वकप गोल गर्ने पहिलो खेलाडीको रूपमा इतिहासमा स्थापित गरायो।  अतिरिक्त समयको ६ मिनेटमा दुवै टोलीले विजयी गोलको प्रयास गरे पनि कुनै टोलीले सफलता हात पार्न सकेन र खेल १–१ को बराबरीमा समाप्त भयो। यससँगै १९८६ र २०२२ विश्वकपमा खेलेका सबै खेल गुमाएको क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक अंक बटुल्न सफल भएको छ। यो खेलसँगै समूह ‘बी’ का क्यानडा र बोस्निया एन्ड हर्जगोभिना दुवैले पहिलो खेलपछि एक–एक अंक जोडेका छन् । यस समूहमा स्विट्जरल्यान्ड र कतार पनि छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति?
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति?
एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली
एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि खनिज सम्झौतामा हस्ताक्षर रद्द
ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि खनिज सम्झौतामा हस्ताक्षर रद्द
नेपाल प्रिमियर लिग: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
नेपाल प्रिमियर लिग: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
बागमतीमा आइतबारदेखि प्रदेश युवा सम्मेलन
बागमतीमा आइतबारदेखि प्रदेश युवा सम्मेलन
संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा
संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल