चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
सारांश
- मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ।
- नेपालले समूह चरणको पहिलो खेलमा बुधबार चीनलाई १९ रनले हराएको थियो।
- आज इन्डोनेसियालाई पनि हराउँदै नेपाली टोली लगातार दोस्रो जित हासिल गरी समूह विजेताका रूपमा सेमिफाइनल पुग्न चाहन्छ।
मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै छ। मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ।

नेपालले समूह चरणको पहिलो खेलमा बुधबार चीनलाई १९ रनले हराएको थियो। आज इन्डोनेसियालाई पनि हराउँदै नेपाली टोली लगातार दोस्रो जित हासिल गरी समूह विजेताका रूपमा सेमिफाइनल पुग्न चाहन्छ। पहिलो खेलमा चाइनासँग ३ विकेटले पराजित इन्डोनेसिया पनि नेपाललाई फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रदेश गर्ने दाउमा छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया