वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ९, २०८२
|
|
३७ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ

सारांश

  • प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका९७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं  महानगरपालिका-१६ बस्ने ४३ वर्षीया उमा गुरुङ, ललितपुर महानगरपालिका-७ बस्ने कास्की घर भएका ३३ वर्षीयआशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।
  • पक्राउ मध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ, डिल्लीले मालदिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९९ हजार रुपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ, आशिषले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रुपैयाँ र संगिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

९ चैत,काठमाडौं ।

प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका९७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं  महानगरपालिका-१६ बस्ने ४३ वर्षीया उमा गुरुङ, ललितपुर महानगरपालिका-७ बस्ने कास्की घर भएका ३३ वर्षीयआशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ, डिल्लीले मालदिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९९ हजार रुपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ, आशिषले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रुपैयाँ र संगिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उमा र संगितालाई काठमाडौं महानगरपालिका-१२ बाट तथा आशिषलाई काठमाडौं महानगरपालिका-१० बाट आइतबार पक्राउ गरेको हो । साथै अर्जुनलाई काठमाडौं महानगरपालिका-४ बाट र डिल्लीलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने
तीनवटै उच्च जोखिमयुक्त सिजेरियन शल्यक्रिया सफल
तीनवटै उच्च जोखिमयुक्त सिजेरियन शल्यक्रिया सफल
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन
राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]