संघीय संसद्को महासचिवमा पदम पाण्डेको नाम सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
संघीय संसद्को महासचिवमा पदम पाण्डेको नाम सिफारिस

सारांश

  • संघीय संसद्को नयाँ महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।
  • संघीय संसद्का सचिव रहेका पाण्डेलाई महासचिवका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।
  • संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम सिफारिस भएको हो।

२५ मंसिर काठमाडौं। संघीय संसद्को नयाँ महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।

संघीय संसद्का सचिव रहेका पाण्डेलाई महासचिवका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्। संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम सिफारिस भएको हो। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले घरासयी कारण देखाउँदै राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए। उनले ८ महिना कार्यावधि बाँकी रहँदै राजीनामा दिएपछि पाण्डे नयाँ महासचिव हुन लागेका हुन्। संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायधिवक्ता थिए। उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिवका लागि सिफारिस गरेर नियुक्त गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
भारतको दिल्लीमा प्रदूषण बढेपछि जीआरएपी-३ लागू
भारतको दिल्लीमा प्रदूषण बढेपछि जीआरएपी-३ लागू
भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन होः सांसद गौतम
भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन होः सांसद गौतम
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द
तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा
धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा