यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
१८ पटक हेरिएको
Shares
यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

सारांश

  • यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
  • केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका छन् ।
  • ‘उनीहरूविरुद्ध काठमाडौं र पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ’, थापाले  भने ।

१९ जेठ, काठमाडौं ।

यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका छन् । ‘उनीहरूविरुद्ध काठमाडौं र पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ’, थापाले  भने ।

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका हुन् । सोमबारका लागि नवराज सुवेदी नेतृत्वको राजावादी समूहले पनि बन्द गर्ने घोषणा गरेको थियो । तर, आइतबार बेलुकी नै पक्राउ परेका नेताहरू कमल थापा, दिपक सिंह लगायत छुटेका थिए भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बन्दमा आफूहरूको समर्थन नभएको बताएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?