लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
२०७ पटक हेरिएको
Shares
लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

सारांश

  • लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् ।
  • दाङको घोराही उपमहानगरपालिका-१५ न्युरोडबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम र नगद १६ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २८ को सुदिप चौधरी र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीया देवीका श्रेष्ठ रहेका छन् ।

काठमाडौं । लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् ।

दाङको घोराही उपमहानगरपालिका-१५ न्युरोडबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम र नगद १६ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २८ को सुदिप चौधरी र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीया देवीका श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-१८ ढोडेनी बस्ने ४० वर्षीय महेन्द्र चौधरीसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले महेन्द्रको घर तलासी गर्दा लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७७० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५ लाख ६८ हजार १७० रूपैयाँ फेला पारी महेन्द्रलाई समेत पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?