जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जनाले पूर्वराज्यमन्त्रीको हत्या गरेको खुलासा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जनाले पूर्वराज्यमन्त्रीको हत्या गरेको खुलासा

सारांश

  • छलफलको बहानामा आएर पूर्वराज्यमन्त्री रामचन्द्र रायकै घरमा बास बसेका तीन जना मिलेर उनको हत्या भएको खुलासा भएको छ ।
  • सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित निवासमा बेलुका अबेरतिर आएका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा विवाद मिलाइदिन अनुरोध गरेको बताइएको हो ।
  • पूर्वराज्यमन्त्री रायकै घरमा काम गर्दै आएका २१ वर्षीय युवकले प्रहरीलाई जनाए अनुसार राति अबेरसम्म पूर्वराज्यमन्त्री राय र उनीहरूबिच कुराकानी भइरहेको थियो ।

७ साउन, सर्लाही । छलफलको बहानामा आएर पूर्वराज्यमन्त्री रामचन्द्र रायकै घरमा बास बसेका तीन जना मिलेर उनको हत्या भएको खुलासा भएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित निवासमा बेलुका अबेरतिर आएका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा विवाद मिलाइदिन अनुरोध गरेको बताइएको हो । पूर्वराज्यमन्त्री रायकै घरमा काम गर्दै आएका २१ वर्षीय युवकले प्रहरीलाई जनाए अनुसार राति अबेरसम्म पूर्वराज्यमन्त्री राय र उनीहरूबिच कुराकानी भइरहेको थियो । त्यसपछि पूर्वराज्यमन्त्री रायले नै आफूलाई सुत्नका लागि अर्कै कोठामा पठाएको बयान ती युवकले प्रहरीसमक्ष दिएका छन् । प्रहरीले पूर्वराज्यमन्त्री रायको घरमा काम गर्दै आएका ती युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ती युवकले नै राति शौचालय जान निस्किँदा पूर्वराज्यमन्त्री राय सुत्ने कोठाको ढोका खुला देखेर हेर्दा शव देखेपछि आफन्तलाई खबर गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती युवकले बेलुका आएर पूर्वराज्यमन्त्री रायको घरमा बसेका तीन जनालाई आफूले नचिनेको बताएका छन् । यद्यपि उनीहरूले जग्गाको विषयमा कुराकानी गरेको उनको भनाइ छ । पूर्वराज्यमन्त्री रायलाई घरेलु हतियार प्रयोग गरी हत्या गरेको पाइएको छ । प्रहरीले घटनास्थल नजिकै बाँसको झ्याङ्गबाट धारिलो हतियार दाउ फेला पारेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली
चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली
विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड
विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड
एलडीसी ग्र्याजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
संघको परिपत्रविपरीत कोशी प्रदेशले स्वीकृत गर्‍यो ३९ अस्थायी दरबन्दी
संघको परिपत्रविपरीत कोशी प्रदेशले स्वीकृत गर्‍यो ३९ अस्थायी दरबन्दी
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने
‘प्रधानसेनापति ट्रफी २०८२’ शुरू
‘प्रधानसेनापति ट्रफी २०८२’ शुरू