ओलीको २२ सदस्यीय मन्त्रिमण्डलमा नौ नयाँ अनुहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३१, २०८१
|
|
५४ पटक हेरिएको
Shares
ओलीको २२ सदस्यीय मन्त्रिमण्डलमा नौ नयाँ अनुहार

सारांश

  • केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसबाट ५ र एमालेबाट ४ जना पहिलोपटक मन्त्री बनेका छन् ।
  • चौथोपटक प्रधानमन्त्री भएका ओली नेतृत्वको सरकारमा दुई ठूला दलबाट ९ नेता पहिलोपटक मन्त्री बनेका हुन् ।
  • कांग्रेसले पाएका १० मन्त्रालयमध्ये परराष्ट्रमा आरजु राणा, पर्यटनमा बद्री पाण्डे, स्वास्थ्यमा प्रदीप पौडेल, कृषिमा रामनाथ अधिकारी र वनमा ऐनबहादुर शाही पहिलोपटक मन्त्री बनेका हुन् ।

 

३१ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसबाट ५ र एमालेबाट ४ जना पहिलोपटक मन्त्री बनेका छन् ।

चौथोपटक प्रधानमन्त्री भएका ओली नेतृत्वको सरकारमा दुई ठूला दलबाट ९ नेता पहिलोपटक मन्त्री बनेका हुन् । कांग्रेसले पाएका १० मन्त्रालयमध्ये परराष्ट्रमा आरजु राणा, पर्यटनमा बद्री पाण्डे, स्वास्थ्यमा प्रदीप पौडेल, कृषिमा रामनाथ अधिकारी र वनमा ऐनबहादुर शाही पहिलोपटक मन्त्री बनेका हुन् । यी पाँचमध्ये आरजुमात्रै समानुपातिक सांसद हुन् । पाण्डे, पौडेल, अधिकारी र शाही प्रत्यक्ष निर्वाचित सांसद हुन् । कांग्रेसबाट उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र कानून मन्त्री अजयकुमार चौरसिया यसअघि पनि मन्त्री भइसकेका व्यक्ति हुन् । उनीहरू पुनः दोहोरिएका हुन् । खेलकुद मन्त्री बनेका तेजुलाल चौधरी र ऊर्जा मन्त्री बनेका दीपक खड्का पनि यसअघि क्रमशः खेलकुद र खानेपानी राज्यमन्त्री भइसकेका व्यक्ति हुन् ।

एमालेले ८ जनालाई मन्त्री बनाउँदा ४ नयाँ र ४ पुराना अनुहारलाई पठाएको छ । एमालेबाट शिक्षा मन्त्रीमा विद्या भट्टराई, भौतिक पूर्वाधारमा देवेन्द्र दाहाल, संघीय मामिलामा राजकुमार गुप्ता  र रक्षामा मानवीर राई मन्त्री बनेका नयाँ अनुहार हुन् । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पुरानै अनुहार हुन् । पौडेल पटकपटक उपप्रधानसहित ८ पटक मन्त्री भइसकेका छन् । यस क्रममा अर्थ मन्त्रालयको जिम्मेवारी नै उनले ५ पटक सम्हालेका छन् ।

लोसपाबाट श्रम तथा रोजगार मन्त्री भएका शरतसिंह भण्डारी १७औं पटक मन्त्री भएका छन् । जसपाबाट खानेपानी मन्त्री बनेका प्रदीप यादव र महिला बालबालिका मन्त्री बनेका  नवलकिशोर साह सुडी दोस्रोपटक मन्त्री भएका हुन् ।  आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । लगत्तै २१ मन्त्रीले पनि राष्ट्रपति पौडेलबाटै शपथ लिए । २५ सदस्यीय मन्त्रिपरिषद्‌मा अब ३ राज्यन्त्रीको पदमात्रै खाली छ ।  ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जसपा र लोसपागरी ४ वटा दल सहभागी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा
टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा
अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
राजनीतिक अस्थिरताले मुलुकमा सुशासन हुन सकेको छैन : सभामुख
राजनीतिक अस्थिरताले मुलुकमा सुशासन हुन सकेको छैन : सभामुख
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल
कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल
टोखामा रड प्रहार गरी एक पुरुषको ह*त्या
टोखामा रड प्रहार गरी एक पुरुषको ह*त्या
सहकारी ठगी प्रकरण: रवि लामिछानेका पक्षधर वकिलको बहस सुरु
सहकारी ठगी प्रकरण: रवि लामिछानेका पक्षधर वकिलको बहस सुरु
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने
क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल