मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १८, २०८०
|
|
३५ पटक हेरिएको
Shares
मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

सारांश

  • सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ ।
  • नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो ।
  • व्रत बस्नुअघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

१८ असोज । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ ।

नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नुअघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए  । यस पर्वमा यहाँका व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ ।

देवतालाई चढाएकै तेलमध्येबाट आ-आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । यसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ । प्रत्येक महिलाले अनिवार्यरुपमा आज कोदो र माछा खाने गर्छन् भने प्रत्येक घरमा आजका दिन कोदोको रोटी र माछा पाक्छ । त्यसैगरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ ।

जलेश्वर नगरपालिका–८ पण्डित कालिकान्त झा सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको बताउँछन् । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैंले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ । जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइएने हुँदा हत्तपत महिलाले यो पर्व अँगाल्दैनन । तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
सर्लाहीका २२ वर्षे राजेन्द्र, जसले कृत्रिम खुट्टाको सहारामा अटो रिक्सा चलाएर कमाउँछन् मासिक ६० हजार
सर्लाहीका २२ वर्षे राजेन्द्र, जसले कृत्रिम खुट्टाको सहारामा अटो रिक्सा चलाएर कमाउँछन् मासिक ६० हजार
रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध चुनिए
रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध चुनिए
शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने
शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने
गगन थापाको घर अगाडि ढुंगामुढा
गगन थापाको घर अगाडि ढुंगामुढा
जेनजी आन्दोलन प्रतिगामी षड्यन्त्र थियोः ओली
जेनजी आन्दोलन प्रतिगामी षड्यन्त्र थियोः ओली
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य