सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
३८० पटक हेरिएको
Shares
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको क्षमतामाथि नै प्रश्न उठाएको छ ।
  • प्रतिनिधिसभाको बैठकमा बोल्दै काग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुन किन रुलिङ नगरेको भनेर प्रश्न गरे ।
  • ‘तपाईँलाई रुलिङ गर्ने अधिकार छ, प्रधानमन्त्रीमाथि ।

१२ जेठ, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको क्षमतामाथि नै प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै काग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुन किन रुलिङ नगरेको भनेर प्रश्न गरे । ‘तपाईँलाई रुलिङ गर्ने अधिकार छ, प्रधानमन्त्रीमाथि । कुनै पनि मन्त्री,  प्रधानमन्त्री र सांसदमाथि रुलिङ गर्ने अधिकार छ । त्यो अधिकार प्रयोग गर्न कसले रोकेको छ ?’ शाहले भने ।

यहीँनेर उनले सभामुखको क्षमतामाथि समेत प्रश्न गरेका हुन् । ‘यो सदन जान्न चाहन्छ । तपाईँलाई रुलिङको अधिकार प्रयोग गर्न कसले रोक्यो ? कसले छेकेको छ ?’ साहले भने, ‘तपाईं कार्यपालिकाप्रमुख प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन सक्नुहुन्न र ?’ यो विषयमा पुरै नेपालले जवाफ चाहेको उनले बताए । सभामुखबाट रुलिङ भएर प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराइनुपर्ने उनको आग्रह छ । जवाफमा सभामुख अर्यालले प्रधानमन्त्रीले संसद्मा आउने तयारी गरिरहेको बताए । छिट्टै प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने विषय पटक–पटक दोहोर्‍याए ।

‘माननीय सदस्यहरूले मिति माग्नुभएको छ । डेट, समय । सदन चलेकै दिन आउनुहुन्छ सम्मननीय प्रधानमन्त्री ज्यू । म सदन चलेकै दिन सम्माननीय ज्यूलाई बोलाउँछु’ सभामुख अर्यालले भने । प्रधानमन्त्रीले समय तय गरेर त्यसको सूचना दिएपछि त्यसबारे सदनलाई जानकारी गराउने उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लन्डनमा सुतेकै अवस्थामा मृ*त भेटिए नेपाली विद्यार्थी
लन्डनमा सुतेकै अवस्थामा मृ*त भेटिए नेपाली विद्यार्थी
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
पूर्वाधार एवं वातावरणविज्ञ सुनिल लम्साललाई भौतिक मन्त्रालयको जिम्मा
पूर्वाधार एवं वातावरणविज्ञ सुनिल लम्साललाई भौतिक मन्त्रालयको जिम्मा
नेपाल विश्वकै सबैभन्दा प्रदूषित सहरको १ नम्बरमा
नेपाल विश्वकै सबैभन्दा प्रदूषित सहरको १ नम्बरमा
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै विद्या भण्डारी
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै विद्या भण्डारी
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन