स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ६, २०८३
|
|
६९६ पटक हेरिएको
Shares
स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै छ ।
  • यस अन्तर्गत स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने तयारी छ ।
  • पार्टी प्रवक्ता मनिष झाका अनुसार सोमबार केन्द्रीय समितिको बैठक बस्दैछ ।

६ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै छ । यस अन्तर्गत स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने तयारी छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार सोमबार केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय घन्टीघर वनस्थली काठमाडौँमा बस्ने बैठकमा स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

रास्वपाले निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिका लागि उम्मेदवार क्लबको अवधारणा अघि बढाउन लागेको हो । रास्वपाले आगामी स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत यो अवधारणा अगाडि बढाएको हो । नेताहरूका अनुसार उम्मेदवार क्लब स्थानीय तहका उम्मेदवार केन्द्रित हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्नेछन् । वडा अध्यक्ष, पालिका प्रमुख कार्यकारी पद हुन् । २०८० साल मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीमा भएको केन्द्रिय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले नै उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । सोही अवधारणलाई अगाडिल बढाइएको हो ।

नेताहरूका अनुसार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखको उम्मेदवार हुन चाहनेहरू क्लबमा दर्ता हुनेछन् । क्लबमा दर्ता भएकालाई पार्टीले प्रशिक्षित गर्नेछ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण दिन उम्मेदवार क्लबको अवधारणा ल्याएको हो । नेताहरूका अनुसार उम्मेदवार क्लब उम्मेदवार हुन इच्छुकलाई पूर्व तयारी गर्ने एउटा विधि हो । उम्मेदवार क्बलमा दर्ता हुनेले निर्वाचित भएको अवस्थामा आफूले गर्ने कार्य पार्टी समक्ष प्रस्तुत गर्नसक्नु पर्दछ । उम्मेदवार क्लबमा सूचीकृत व्यक्ति पार्टीको राजनीतिमा सक्रिय हुनुपर्ने बाध्यता रहने छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डका साथ छोडेका रहबर प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिने तयारीमा
प्रचण्डका साथ छोडेका रहबर प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिने तयारीमा
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
आन्दोलनमा उत्रियो एमाले, मोटरसाइकल र्‍याली गर्दै
आन्दोलनमा उत्रियो एमाले, मोटरसाइकल र्‍याली गर्दै
उच्च अंकले घटेको सुनको मूल्य आज फेरि बढ्यो, तोलाको कति पुग्यो?
उच्च अंकले घटेको सुनको मूल्य आज फेरि बढ्यो, तोलाको कति पुग्यो?
भारतको बिहारमा मेडिकल व्यवसायीको गोली हानी ह*त्या
भारतको बिहारमा मेडिकल व्यवसायीको गोली हानी ह*त्या
पूर्वराजाका संवाद सचिव पाठक प्रहरीको नियन्त्रणमा
पूर्वराजाका संवाद सचिव पाठक प्रहरीको नियन्त्रणमा
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत