संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
६४ पटक हेरिएको
Shares
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान

सारांश

  • संविधान दिवस–२०८२ को अवसरमा मंगलबार लक्ष्मी ब्लड कनेक्ट्स, सर्लाहीको आयोजनामा र प्रादेशिक अस्पताल मलंगवाको सहयोगमा खुला रक्तदान तथा निःशुल्क रक्तसमूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
  • कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए, जसमा ४९ जना पुरुष र ३ जना महिला सहभागी थिए।
  • त्यस्तै ५६ जनाले निःशुल्क रक्तसमूह परीक्षण गराएका छन्।

३ असोज, सर्लाही ।

संविधान दिवस–२०८२ को अवसरमा मंगलबार लक्ष्मी ब्लड कनेक्ट्स, सर्लाहीको आयोजनामा र प्रादेशिक अस्पताल मलंगवाको सहयोगमा खुला रक्तदान तथा निःशुल्क रक्तसमूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए, जसमा ४९ जना पुरुष र ३ जना महिला सहभागी थिए। त्यस्तै ५६ जनाले निःशुल्क रक्तसमूह परीक्षण गराएका छन्।

लक्ष्मी ब्लड कनेक्ट्सका अध्यक्ष कृष्ण कुमार राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो। सो अवसरमा विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी बल सर्लाहीका देव बहादुर चन्द, कालीध्वज गणका सेना प्रमुख र प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. संजीव कुमार सिंह सहभागी थिए।

त्यस्तै, पहिचान नेपाल/Blue Diamond Society का अब्दुल सहमद, वडा नं. ९ का अध्यक्ष चन्देश्वर राय, जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह र मानव अधिकार रक्षक सञ्जालका मुकेश मिश्र अतिथिका रूपमा उपस्थित थिए।संस्थाका अध्यक्ष राउतका अनुसार, लक्ष्मी ब्लड कनेक्ट्स स्थापना भएदेखि नै विभिन्न स्थानीय तह, सरकारी निकाय, NGO तथा INGO सँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्दै आएको छ। उनले आगामी दिनमा पनि निःशुल्क स्वास्थ्य शिविर, सामाजिक बुराइविरुद्ध अभियान र वातावरण संरक्षणजस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। रक्तदानमा सहभागी सबैप्रति आभार प्रकट गर्दै आयोजकहरूले यस्ता कार्यक्रमहरूले संविधान दिवसलाई मात्र अर्थपूर्ण नबनाई समाजमा स्वास्थ्य सचेतना, मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ
धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ
दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ
दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : अमेरिका र चीन भ्रमणबारे छलफल
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : अमेरिका र चीन भ्रमणबारे छलफल
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
यू-१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
यू-१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान सिंह ऐरीले दिए प्रहरीबाट राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान सिंह ऐरीले दिए प्रहरीबाट राजीनामा
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना