Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
६९ पटक हेरिएको
Shares
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ।
  • यस्तै सरकारले नरस‌ंहार गरेको दावी गरेको छ।
  • ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।

२३ भदौ, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। यस्तै सरकारले नरस‌ंहार गरेको दावी गरेको छ। ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ ।

परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगिएको नेताहरूले बताएका छन् । जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । यो घटनापछि माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् । अभियान टोलीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्षहरू र महासचिव स्वयं सहभागी थिए । सबै नेतारू अभियान स्थगित गरेर काठमाडौं फर्किँदै गरेको माओवादी नेता माधव सापकोटाले जानकारी दिए ।

‘सरकारले ताकी ताकी गोली हानेको छ । यो हत्या नभएर नरंसहार नै गरेको देखियो । सुरुमा हेलचेक्याइ गर्‍यो र पछि गोली नै चलायो’ शीर्ष नेताहरूको निष्कर्ष सुनाउँदै सांसद सापकोटाले भने । उनका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएर वातावरण सहज बनाउन सहयोग गर्नुपर्ने बुझाइमा नेताहरू छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)
१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)
यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय
यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय
चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च
सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च
सिन्धुलीमा बस दुर्घटना: दुई जनाको मृत्यु
सिन्धुलीमा बस दुर्घटना: दुई जनाको मृत्यु
मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल
मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल
मन्त्रीहरू नआएपछि संसद् बैठक स्थगित
मन्त्रीहरू नआएपछि संसद् बैठक स्थगित
म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर गरे कामदारको ह*त्या
म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर गरे कामदारको ह*त्या
राजावादी प्रदर्शनमा सुरक्षाकर्मीसहित २२ जना घाइते
राजावादी प्रदर्शनमा सुरक्षाकर्मीसहित २२ जना घाइते
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी