मन्त्रीहरू नआएपछि संसद् बैठक स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २, २०८३
|
|
१५१ पटक हेरिएको
Shares
मन्त्रीहरू नआएपछि संसद् बैठक स्थगित

सारांश

  • प्रतिनिधि सभाको बैठकमा संघीय सरकारका मन्त्रीहरू उपस्थित नभएपछि बैठक स्थगित गरिएको छ।
  •   मंगलबार प्रतिनिधि सभाको बैठकमा नौ वटा मन्त्रालयको बजेटबारे छलफल चलिरहेको छ।
  • छलफलकै क्रममा सांसद गोपाल शर्माले नियमापत्ति गरेका थिए।

 

२ असार, काठमाडौं ।

प्रतिनिधि सभाको बैठकमा संघीय सरकारका मन्त्रीहरू उपस्थित नभएपछि बैठक स्थगित गरिएको छ।  मंगलबार प्रतिनिधि सभाको बैठकमा नौ वटा मन्त्रालयको बजेटबारे छलफल चलिरहेको छ। छलफलकै क्रममा सांसद गोपाल शर्माले नियमापत्ति गरेका थिए।  त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न समय दिएका थिए। उनले प्रतिनिधि सभाको नियमावलीको नियम ६ को उपनियम ५ को व्यवस्था स्मरण गराए।

सांसद शर्माले भने, ‘नियमावलीको नियम ६ (५) ले संसदमा मन्त्रालयको विषयमा छलफल गराउँदा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य गरेको छ।’ तर, प्रतिनिनि सभाको बैठकमा तीन वटा मन्त्री मात्रै उपस्थित भएको उनले स्मरण गराए। मंगलबारको बैठकमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र उर्जामन्त्री विराजभक्त श्रेष्ठ मात्रै उस्थित थिए।  ‘सरकारले लगातार संसद्लाई हेपिराख्नु हुँदैन। नियमावली अनुसार सदन चलाइयोस्,’ सांसद शर्माले भने, ‘सम्बन्धित मन्त्रीलाई बोलाउन रुलिङको माग गर्दछु।’ त्यसपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ