छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
३० पटक हेरिएको
Shares
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु

सारांश

  • मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
  • ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।
  • ललितपुर, महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा बागमती प्रदेश ०१–००३ क ८७३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका राजन सञ्यालका दुई वर्षीय छोरा प्रजन सञ्यालको घटनास्थलमा मृत्यु भएको छ ।

 

काठमाडौँ, ७ वैशाख । मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो । ललितपुर, महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा बागमती प्रदेश ०१–००३ क ८७३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका राजन सञ्यालका दुई वर्षीय छोरा प्रजन सञ्यालको घटनास्थलमा मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१ टिक्करमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल सोही स्थानका ६० वर्षीय गौतम केसी तथा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ चाँगामा मे १त ७७५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही स्थानका २८ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । बैतडीको डिलासैनी गाउँपालिका–६ बाङ्गबगरमा गोकुलेश्वरबाट पन्ज्युनयातर्फ जाँदै गरेको बसबाट खसेर दोगडाकेदार गाउँपालिका–४

कपिन्नाका २७ वर्षीय विष्णुराज भट्ट, सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपियामा कार अनियन्त्रित भई दुर्घटना हुँदा इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ,भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते दुई जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बर्दियाको मधुवन नगरपालिका–३ मा भएको सवारी दुर्घटनामा मधुवन–२ का २८ वर्षीय जानकु थारूको मृत्यु भएको छ,भने एकजना घाइते भएका छन् । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ गाडीको ठक्करबाट पैदलयात्री जुम्ला हिमा गाउँपालिका–३ का ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्का चान्देउस्थित मछली खोलामा डुबेर सोही स्थानका ११ वर्षीय सिद्धार्थ विकको मृत्यु भएको छ ।

साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका विकको खोजीका क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । त्यस्तै, सिराहाको सुखीपुर नगरपालिका–२ जगतपुर टोलका दिनेश यादवका चार वर्षीय छोरा धीरोज यादव घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का अमिन दर्जीको घरमा सवामिटर जडान गर्ने क्रममा नेपालगञ्ज–११ का २८ वर्षीय चानबाबु खाँनको मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
नक्कली लाइसेन्स प्रकरण : ७ जना सीआईबीको हिरासतमा
नक्कली लाइसेन्स प्रकरण : ७ जना सीआईबीको हिरासतमा
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला