मधेस प्रदेशका आठै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १७, २०८०
|
|
४५ पटक हेरिएको
Shares
मधेस प्रदेशका आठै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका आठै जिल्लामा आज विस्तारित बैठक बस्दै छ ।
  • पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।
  • उनका अनुसार यही भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा आज विस्तारित बैठक राख्ने निर्णय गरेको थियो ।

१७ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका आठै जिल्लामा आज विस्तारित बैठक बस्दै छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।

उनका अनुसार यही भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा आज विस्तारित बैठक राख्ने निर्णय गरेको थियो । विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीलाई जिम्मेवारी तोकेको छ । जसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेश कुमार साह, सिराहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मला कुमारी यादव र जितेन्द्र कुमार यादवले जिम्मेवारी पाएका छन् ।

त्यस्तै सर्लाहीमा रामपृत पासवान र निरा कुमारी साह, रौतहटमा रामबाबु कुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशिल कुमार यादवलाई तोकिएको छ । बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरु, प्रदेश समितिका नेताहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, पालिका समितिका पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधिहरु, भ्रातृसंगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरुलाई उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टस जितेर ब्याटिङमा स्कटल्याण्ड, पहिले फिल्डिङमा नेपाल
टस जितेर ब्याटिङमा स्कटल्याण्ड, पहिले फिल्डिङमा नेपाल
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !!!
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै
नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै
बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै