शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे

सारांश

  •   शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१—०८२ मा ९७ वटा स्वास्थ्य भवन निर्माण गरेको बताएको छ ।
  • मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी गराएको हो ।
  • मन्त्रालयले आर्थिक वर्ष २०८१—०८२ मा अन्तर्राष्ट्रियस्तरको त्रि.

६ साउन, काठमाडौं । 

शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१—०८२ मा ९७ वटा स्वास्थ्य भवन निर्माण गरेको बताएको छ । मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी गराएको हो । मन्त्रालयले आर्थिक वर्ष २०८१—०८२ मा अन्तर्राष्ट्रियस्तरको त्रि.वि. क्रिकेट स्टेडियममा प्यारापिट र फ्लड लाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ५ वटा सभा हल निर्माण, २१ वटा सरकारी कार्यालय भवन, ९७ वटा विद्यालय भवन निर्माण, ३२ वटा पार्क निर्माण, १३ वटा बसपार्क निर्माण, ५७ सार्वजनिक भवन निर्माण, २७८ किमी ग्रामिण सडक कालोपत्रे, ६१८ किमी शहरी सडक कालोपत्रे, २९६ किमि नाला निर्माण, २७८ वटा झोलुङ्गे पुल निर्माण, २२ वटा स्थानीय सडक पुल निर्माण, ५५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण, २.९ किमी तटवन्ध निर्माण, थप ९ वटा गाउँपालिका र नगरपालिका केन्द्रमा सडक पुगेको र ४ हजार ७ सय ४७ हेक्टरमा सिंचाई भएको मन्त्रालयको दाबी छ । मन्त्रालयकाअनुसार गत आ.व.मा ११ हजार वटा सुरक्षित नागरिक आवास निर्माण गरिएको

छ भने फोहोरमैला व्यवस्थापन गर्न हालसम्म २ वटा व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भइसकेको जनाएको छ । एउटा निर्माण भइरहेको बताएको छ । पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीले वर्षदिनको प्रगति ५८.०६ प्रतिशत रहेको बताउनु भयो । मन्त्रालयको विनियोजित बजेट ६८ अर्ब १४ करोड ३६ लख ६८ हजार १ सय २३ थियो । जसमा वित्तीय प्रगति ३९ अर्ब ५६ करोड ५२ लाख ७० हजार रहेको बताउनु भयो । शहरी विकास मन्त्रालयमा आयोजनाको प्रकृति अन्य मन्त्रालयको भन्दा फरक प्रकृतिको रहेको बताउनु भयो । २०८१—०८२ मा ७ हजार ४ सय ३५ वटा कार्यक्रम रहेकोमा ४ हजार ५ सय कार्यक्रम नयाँ रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा पाँच सयले घट्यो सुनको मूल्य
तोलामा पाँच सयले घट्यो सुनको मूल्य
बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा
बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद
निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद
चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही
चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइँदै
प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइँदै
प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट
प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट
लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण
राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण