मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
२४ पटक हेरिएको
Shares
मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

सारांश

  •   ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज बिहानै नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन् ।
  • शनिबार बिहान मन्त्री घिसिङले चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’को निरीक्षण गरेका हुन् ।
  • उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरि ठेक्का सम्झौता बमोजिम समयमा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणीय रुपमा प्रस्तुत हुने गरि कार्य अघि बढाउन आग्रह गरे ।

२७ मंसिर, काठमाडौं । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज बिहानै नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन् । शनिबार बिहान मन्त्री घिसिङले चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’को निरीक्षण गरेका हुन् ।

उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरि ठेक्का सम्झौता बमोजिम समयमा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणीय रुपमा प्रस्तुत हुने गरि कार्य अघि बढाउन आग्रह गरे । ४२० मिटर लम्बाइ रहेको उक्त पुल रु १ अर्ब ६९ करोड लागतमा बन्न लागेको छ भने पुलको मुख्य निर्माण सुरु गर्नु अगाडीका कामहरु भैरहेको छ । पुलको मनसुन सुरु हुनु अघि नै पाएल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पूलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ । पुलको लम्बाइ ४२० मिटर रहेको छ । पुलको मुख्य बिशेषताको रुपमा दुइ ठुला पाइलोन कन्क्रिट टावरमा स्टे–केवलबाट पुललाइ सपोर्ट गर्ने सिस्टम रहेको छ । यसैगरी मन्त्री घिसिङले नारायणी तटबन्दको बिषयमा पनि जानकारी लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात
वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात
डेंगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
डेंगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज
राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय
रक्षामन्त्रीले गरे सुरुङमार्ग ‘ब्रेक थ्रू’
रक्षामन्त्रीले गरे सुरुङमार्ग ‘ब्रेक थ्रू’
नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रहरीको नियन्त्रणमा
नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रहरीको नियन्त्रणमा
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा