उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

सारांश

  • उदयपुर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ।
  •   यही फागुन २१ गते भएको निर्वाचनमा तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका थिए।
  •   तामाङ १४ हजार ८०२ मतसहित विजयी हुँदा एमालेका अम्बर बहादुर रायामाझीले ७ हजार ६४८ मत ल्याएका थिए।

२८ फागुन, काठमाडौं ।

उदयपुर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ।  यही फागुन २१ गते भएको निर्वाचनमा तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका थिए।  तामाङ १४ हजार ८०२ मतसहित विजयी हुँदा एमालेका अम्बर बहादुर रायामाझीले ७ हजार ६४८ मत ल्याएका थिए। त्यस्तै, नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९०, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुरेश कुमार राईले ५ हजार १९७ र श्रम संस्कृति पार्टीका वलराज राईले ४ हजार १३९ मत पाएका छन्।

निर्वाचन परिणाम घोषणा भएपछि तामाङ कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको हो।  कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि चेक बाउन्स प्रकरणमा कालो सूचीमा परेको छ। केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालो सूचीको १०१,५१४ नम्बरमा छ।  उक्त कम्पनीको सञ्चालक सूर्यबहादुर तामाङ र लीला राई हुन्।  कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पुष्टि भएपछि निर्वाचन आयोगले धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी नै खारेज गरेको थियो।  साहको उम्मेदवारी खारेज भएपछि सो क्षेत्रबाट नेकपाका मातृका यादव निर्वाचित भइसकेको छन्।

आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।  सर्वोच्च अदालतले धनुषा १ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगलाई निर्देशनसमेत दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो। सो क्षेत्रमा रास्वपाका साहकै पक्षमा बढी मत आएको थियो। तर, उनको उम्मेदवारी खारेज भएकोले नेकपाका मातृका प्रसाद यादवलाई आयोगले प्रमाणपत्र प्रदान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्णरुपमा सञ्चालनमा आए बैंकहरु
पूर्णरुपमा सञ्चालनमा आए बैंकहरु
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने
एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन